logo

    सीमा व्यवस्थापनको उपयुक्त समय

 नारायण प्रसाद चापागाई

      286   पटक पढिएको

 यो आलेख तयार पार्दासम्म नेपालमा जम्मा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अधिकांश संक्रमितहरु भारतबाट भित्रिएका व्यक्ति र तीमार्फत संक्रमित भएका अन्य व्यक्तिहरु छन् । भारतसँगको खुला सीमानाको कारण आवागमनलाई नियमन र नियन्त्रण गर्न नसक्दा विगतमा देखापरेका यावत समस्याहरुको अतिरिक्त यसपाली भारतकै कारण नेपालले कोरोना भाइरस संक्रमणको अत्यधिक जोखिम व्यहोर्नु पर्याे । सन् १८१६ को सुगौली सन्धीद्धारा सीमाबद्ध भएको र  भारत स्वतन्त्र भएपश्चात् सन् १९५० को शान्ति तथा मैत्री सन्धिद्धारा अनुमोदित नेपाल भारतको सीमानाका हालको दिनसम्म पुर्णत खुला र निर्वाध रहिआएको छ । 

  • सीमा क्षेत्र, विवाद र अतिक्रमित क्षेत्र

  तत्कालीन सुगौली सन्धी पश्चात् नेपाल भारत सिमाको पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मको करिब १०२७ कि.मि क्षेत्रमा ८५५३ ओटा सीमा स्तंभहरु (जंगे पिलर) गाडि नेपाल भारतको सीमााक्षेत्र निर्धारण गरियो । जुन क्षेत्र दशगजा नामले परिचित छ । हाल नेपाल भारत वीचको सीमा छुट्याउन गाडिएका स्तंभहरु मध्ये करिब ३२०० स्तंभहरु सीमाक्षेत्रबाट हराएको अध्ययनले देखाएको छ । भारतसँग सीमाना जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ स्थानमा सिमा विवाद छ । मुख्यतः कालापानी क्षेत्र र नवलपरासीको सुस्ता क्षेत्रको सीमा विवाद वेलावेला उत्कर्षमा पुग्ने गर्दछ । सीमाविद् बुद्धिनारायण श्रेष्ठले आफ्नो पुस्तक सीमा संग्राम मा २३ जिल्लामा दार्चुलादेखि ताप्लेजुङसम्म ६०,६२७ हेक्टर जमिन भारतले मिचेको जनाएका छन् । अध्ययनका अनुसार सबैभन्दा बढी जमिन कालापानी, लिपुलेक क्षेत्रमा मिचिएको छ जुन भक्तपुर जिल्लाले ओगटेभन्दा तीन गुणा बढी भुभाग हो । भारतले त्यहाँको १४ हजार हेक्टरभन्दा बढी हेक्टर जमिन मिचेको पाइएको छ । 
 सर्वे अफ इन्डियाले नेपाली भुभागसमेत भारततर्फ पर्नेगरी नोभेम्बर २०१९ यता दुईओटा राजनीतिक नक्सा प्रकाशन गरेपछि नेपालमा त्यसको चर्काे विरोध भएको थियो । हिजोमात्रै भारतले नेपाली भुमि अतिक्रमण गर्र्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रहुँदै लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । सन् १८१६ को सुगौली सन्धिअनुसार काली नदी पुर्वका सम्पुर्ण भुभाग नेपालको हो । लिम्पियाधुरा मुहान भएको नदी नै सीमा नदी भएकाले गुञ्जी, गब्र्यांङ, कुटियांग्दीलगायतको सम्पुर्ण भुभाग नेपालको हो । 
 सीमाक्षेत्रमा बसोवास गर्ने नेपालीहरु भारतीय पक्षको हेपाह प्रवृत्ति, विस्तारवादी नीति र भुमि अतिक्रमणबाट शिकार भएका छन् । सीमाक्षेत्रका नेपालीहरुले भारतीयहरुको सिमा अतिक्रमण रोक्न पटक पटक सरोकारवालाहरुसमक्ष अनुरोध गर्दा कुनै सुनुवाई नभएको गुनासो गर्छन्, नेपाली शासकवर्ग भारतीय शासकहरुको अगाडि लाचार र निकम्मा रुपमा प्रस्तुत भएको भनी आक्रोश व्यक्त गर्छन् । 

  • समस्या र अपराधको जड ( खुला सिमाना

खुला सीमानाकै कारण वर्षेनी अरबौँ भन्सार राजश्व छली गरेर मालसामानहरु आयात निर्यात भैरहेको छ । खुला सीमाको फाइदा उठाई हिंसा भड्काउने अवाञ्छित तत्वहरु नेपाल प्रवेश गरी दिनदहाडै हत्या, हिंसा र अपहरणजस्ता अपराध कर्म गरी भागेर पारी जाने गरेको तीतो यथार्थ छ । तराईमा घट्ने ठुल्ठुला चोरी, तस्करी, डकैती, राजनैतिक अपराध गर्ने अपराधीहरुलाई समेत खुला सिमानाले सधैँ लुक्न र भाग्न सहयोग पुर्यायो । खुला सीमाकै कारण  लागुपदार्थ ओसारपसार र तस्करी  मौलाउँदो छ । नेपाली स्वाभिमानलाई तहसनहस पार्नेखालका चेलीबेटी वेचविखन, अपहरण , बन्धक, अवैध हातहतियारको व्यापार, अवैध कामदार निर्यातजस्ता काला धन्धाहरु पनि खुला सिमाकै कारण फस्टँदो छ । तराईमा वर्षाैँदेखि बसोबास गर्दै आएका तर नागरिकताविहीन रैथाने आदिवासीहरुलाई नागरिकता वितरणको प्रक्रिया शुरु हुनासाथ सिमाक्षेत्रका भारतीयहरु नेपाली नागरिकता लिन अनेक हतकंडा अपनाउँछन् । ०६३ सालमा तराई क्षेत्रमा करिब २५ लाख नागरिकता वितरण हुँदा थुप्रै भारतीयहरुले नागरिकता उछिट्टयाएको प्रमाणहरु समय समयमा वाहिर आइरहेको छ । यो सबै निर्वाध खुला सीमाना र सीमाना व्यवस्थित हुन नसक्दाको उपज हो । खुला सीमाना व्यवस्थित मात्रै गर्न सकियो भने नेपालका आधाआधी मुख्य समस्याहरु निराकरण हुन्छन् । अर्काेतिर, भारत आफैले कहिले नेपालबाट नक्कली भारतीय नोटहरु भित्रीयो भन्ने गरेको सुनिन्छ त कहिले नेपालको भुमि प्रयोग गरेर भारतमा आतंकवादी गतिविधी हुनसक्ने संभावना छ, सुरक्षा चुनौती बढ्यो भनेको सुनिन्छ । 

  • सीमामा पर्खाल  अन्तराष्ट्रिय सन्दर्भ र नेपाल

   अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा सीमानामा पर्खाल लगाउने एजेन्डा राखेर निर्वाचन जिते, ह्वाइट हाउस प्रवेश गरेकै दिन छिमेकी देश मेक्सिकोको सिमानामा २२००० माइल पर्खाल लगाउने महत्वाकांक्षी योजनाको उद्घोष गरे । मेक्सिको देशको स्थलमार्ग हुँदै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई रोक लगाउनु यसको मुख्य उद्धेश्य हो । पछिल्लो समय इस्लामिक संगठनहरुको आतंककारी गतिविधी बढ्नु र ती गतिविधिमा क्रिश्चियनहरु मुख्य निशानामा परेको कारण पनि ट्रम्पले मुश्लिम र अन्य देशका आप्रवासीहरु समेत प्रवेश गर्ने प्रमुख स्थल मार्गका रुपमा रहेको मेक्सिको सीमानामा पर्खाल लगाउने योजना अघि बढाएका हुन् । त्यसो त कोरोना महामारीको चपेटामा परेर ठुलो आर्थिक संकट  व्यहोर्नु परेकोले अमेरिकामा तत्काल उक्त महत्वाकांक्षी योजना अघि बढ्न सक्ने देखिदैन यद्यपी अमेरिकाले आफ्नो सार्वभौमिकता रक्षा खातिर स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ ।
   मंगोलियनको आक्रमणबाट चिनीया सम्राज्यलाई जोगाउन सन् १३०० को मध्यतिर मिंग डाइनेष्टीले मंगोलियासँगको सीमाना अर्थात् पहाडै पहाडको टुप्पोमा ६,००० कि.मि. भन्दा लामो ग्रेटवाल निर्माण गरे जसलाई ग्रेट वाल अफ चाइना भनेर चिनिन्छ । नेपालको जम्मा सिमाक्षेत्रको लम्बाई २९२६ कि.मि छ जसमध्ये भारतको सीमाक्षेत्र १,६९० कि.मि र चीनतर्फको सिमाक्षेत्र १,२३६ कि.मि लामो छ । यसरी हेर्दा , ग्रेटवालको लम्बाईले नेपाललाई दुई फन्को लगाउन पुग्छ । 
   सीमा छुट्याउन लगाईएका पर्खालका अन्य उदाहरणमा दोस्रो विश्वयुद्धपछि पुर्वी जर्मनी र पश्चिम जर्मनीलाई छुट्याउन लगाइएको वर्लिनको पर्खाल (सन् १९८९ मा भत्काइएको ¬¬) उत्तर कोरिया र दक्षिण कोरियाबीच लगाइएको पर्खाल वा स्तंभहरुलाई लिन सकिन्छ  । जसले देशको राष्ट्रियता र सार्वभौमिक अखण्डताको रक्षाको सन्दर्भमा विशेष महत्व राख्दछन् । 
 यसप्रकार, खुला सीमानाले सिर्जित समस्याको बोध र अन्तराष्ट्रिय सन्दर्भको अध्ययन पश्चात् नेपालले पनि विद्यमान परिप्रेक्ष्यमा यावत् समस्या समाधानार्थ सीमानामा पर्खाल, स्तम्भ वा स्थायी संरचनाको निर्माण गर्नुपर्छ भन्ने अधिकांशको धारणा  हुन सक्दछ । 

  •   ठोस पहलकदमी कहिले र कसले लिने ?

 यतिखेरको भारतका सीमा जोडिएका विभिन्न प्रान्तहरुमा कोरोनाको संक्रमण बढिरहेको वेला ती संक्रमित ठाउँबाट नेपालमा भारतीयहरु प्रवेश नगरुन् भन्ने उद्धेश्यले सीमा नाकामा कडाई गर्न जुन चुनौती र समस्या देखिएको छ , यसअघि नै सीमा व्यवस्थित गर्न सकिएको भए अहिले आवागमनलाई नियन्त्रण र नियमन गर्न निश्चय नै सहज हुन्थ्यो । तर आजका दिनसम्म सीमा व्यवस्थापनको ठोस पहलकदमी हुन सकेन । भारत नेपाल बीचमा हालसम्म भएका सन् १९५० लगायतका सन्धी, सम्झौता पुनरावलोकन, परिमार्जन र खारेजी , सीमा व्यवस्थापन लगायतका विषयमा प्रतिवेदन बुझाउने गरी दुवै देशको उच्चस्तरीय तहबाट ४ वर्ष अघि नेपाल भारत प्रबुद्ध समुह (इपिजी)गठन भई ९ पटकसम्म बैठक बसी इपिजीले सामुिहक प्रतिवेदन तयार गरेको २ वर्ष हुन लाग्दा समेत भारतीय पक्षबाट उक्त प्रतिवेदन ग्रहण नहुनु र चासो नदेखाउनु आफैमा शंसय र विडम्बनाको विषय हो । 

  •     सीमा व्यवस्थापनमा कठिनाई 

नेपाल भारत सीमाको सन्दर्भ आउँदा  केही भारतीय कुटनितिज्ञहरुले सन् १९५० को सन्धीको हवाला दिदै सिमाना खुला राखिनुपर्ने तर्क गरेका छन् । यस सन्धीका १० मध्ये कुनै पनि धारामा सीमाना खुला राख्नुपर्ने भनेर कहिकतै उल्लेख छैन । सोही सन्धीको धारा ७ ले भनेको छ ूनेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रभित्र रहेका अर्काे मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् । ूयो वाहेक सो सन्धिले सीमासम्बन्धी कुनै कुरा बोलेको छैन ।। यसरी सन्धीमा कतिकतै नभएको विषयमा वहस गर्न खोज्दा सन्धीलाई इंगित गर्दै सीमाना खुला रहिरहनुपर्ने तर्क गर्ने केही भारतीय कुटनीतिज्ञहरु नेपालमा स्थायीत्व, शान्ति र स्थीरता देख्न नचाहनेहरु हुन् । अर्काेतिर, तराईवासीहरुको भारतका सीमावर्ती प्रान्तहरुसँग ुुरोटी(वेटीुु को सम्बन्ध छ । सीमावर्ती क्षेत्रका अधिकांश तराइवासीहरु  दैनिक उपभोग्य सामाग्रीहरु किनमेल गर्नकै लागि भारतीय बजारहरुमा जाने गर्दछन् । मधेशमा बसोबास गर्ने अधिकांश मधेशीहरु केही पुस्ताका आप्रवासी वा केहि दशकदेखि मात्रै नेपाल बस्न थालेकाहरु छन् जसको उद्गमथलो भारत रहेकोले तिनका भारतमा अधिकांश नातासम्बन्धहरु छन् । यस अवस्थामा भारतको सीमा नाकामा पर्खाल, स्तम्भ वा स्थायी संरचना बनाउनु वा परिचयपत्रमार्फत आवागमन व्यवस्थित गरी सीमा व्यवस्थापन गर्नु कम चुनौतीपुर्ण छैन । कोरोना विषाणुको महामारी हाम्रो अघि चुनौतीको पहाड बनेर उभिएको वर्तमान अवस्थामा कोरोनामाथि विजय प्राप्त गर्नु यतिखेर एकमात्र ध्येय बनेको छ । भारतले यतिखेरै नेपालको भुमि मिचेर मानसरोवर जोड्ने बाटो बनाउँदा हामीले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकेका छैनौँ ।

  •        अबको बाटो

 सीमा व्यवस्थापनमा नेपालको मात्रै एकतर्फी हित छैन भन्ने कुरा भारतले राम्रोसँग बुझेको छ । फेरी पनि, भारत सरकारसमक्ष उसकै शब्दहरु सापटी लिई खुला नाकाको कारण नेपाली भुमीको प्रयोग गरी भारतमा आतंकवादी क्रियाकलाप र अन्य अवैध गतिविधि हुन सक्ने तर्क अघि सारी सीमानाका व्यवस्थापनको लागि विश्वासमा लिन ढिला भैसकेको छ । तत्कालीन इपीजीको नेपाल तर्फका सदस्य निलाम्बर आचार्य भारतीय राजदुत रहेको वर्तमान अवस्थामा राजदुतावासमार्फत विशेष अग्रसरता देखाउन आवश्यक छ ।सन् १९५० को सन्धी लगायत सीमा व्यवस्थापनसम्बन्धमा सुझाव सहित २ वर्ष अगाडि नै तयार भएको इपिजीको प्रतिवेदन त्यहाँको सरकारलाई हस्तान्तरण गरी प्रबुद्ध समुहले सिफारिस गरेका सुझाव र सल्लाहमुताविक समस्या समाधानको यथोचित पहलकदमी लिन अनुरोध गर्न आवश्यक छ । राजनीतिक कुटनीतिक रुपमा ठोस परार्श गरी पुराना सन्धीहरुको परिमार्जनद्धारा सीमा व्यवस्थापनको कार्य तुरुन्त अघि बढाउनु आवश्यक छ । यति गर्दा पनि भारत सरकारले चासो नदेखाएमा र हेपाह प्रवृत्ति कायमै राखेमा राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र अस्मिता रक्षाको लागि भारतसँगका पुराना सन्धी र सिमा विवादलाई अन्तराष्ट्रियकरण गर्नु अन्तिम अस्त्र हुन सक्छ । सीमामा पर्खाल, स्तम्भ, काँडेतार वा स्थायी संरचना बनाउन तत्काल संभव नभए पनि हाल कोरोना नियन्त्रणको लागि सीमामा बनाइएका अस्थायी वोर्डर आउट पोष्टलाई स्थायी रुपमा कायम राखी सुरक्षा निगरानी बढाई खेतको डिल, आली, कुलो(पैनी, खोलानाला र जंगलक्षेत्रबाट समेत हुने आवतजावत्लाई नियन्त्रण गर्दै आवागमनमा परिचयपत्रको व्यवस्था गरी नियमन गर्नुपर्दछ । 
      
                     (  लेखक वीरगंज महानगरपालिकाको कार्यालयमा प्रशासकिय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

दृष्टिकोण

नेकपा सुदृढ एकता आजको आवश्यकता

अहिले विश्वलाई कोरोना भाइरस ले महामारीको भुमरीमा पारेको वेला नेकपा भित्र एकताको आवश्यकता छ । मलाई विश्वास छ, धेरै हन्डर, ठक्कर, कष्टकर जीवन विताएका नेतृत्वहरुले पार्टीको उद्धेश्य, लक्ष्य अनुसार र कार्यकर्ता चाहना र जनताहरुको भावना अनुसार नेकपामा मतदान गर्नु हुने मतदाताहरुको मन र भावना चोट नपु¥याउने गरि निर्णयमा पुग्नु जरुरी छ ।

राष्ट्रवादी ओलीलाई एमसीसी स्वीकार्न केले बाध्य बनायो ?

राष्ट्रिय स्वाभिमानपूर्ण इतिहासमा नेपालका एक महान सपुत भीमसेन थापा, जो नेपालमा मात्र होइन, बेलायतकै इतिहासमा चर्चाको विषय बन्न पुगे ।

के असारे विकासले कोरोना विर्साएकै हो त ?  

प्रदेश मन्त्रीले रिबन काटेर सडक ढलानको उदघाटन गर्नु भएको छ । के साच्चिकै  असारे विकसको ताकतले कोरोना संक्रमणलाई विर्साएकै हो ? खोई त हाम्रो शर्तकता ? खोई त सरकारको नीति पालन ? के उद्धघाटन गर्नै पर्ने हो ? उदघाटन र अनुगमनमा जाँदा लावालस्कर देखाउनै पर्ने हो ? खोई त हाम्रो शर्तकता ?  व्यवस्था परिवर्तन भयो तर व्यवहार परिर्तन भएन । बर्ष भरी हुन नसकेका विकास निर्माणको कामलाई असार भत्र सिध्याउनु पर्ने हाम्रो नियम हो की नियत हो ? आम जनातले बुझ्न सकेका छैनन ।

न मागिएको सल्लाह

कालापानी , लिपुलेक र लिम्पियाधुरा समेत समावेश भएको नेपालको नक्सा सार्वजनिक गरी नेपालको संविधान दोस्रो संशोधन विधेयकप्रतिनिधि सभावाट सर्व सम्मत रुपमा पारित भएको छ

नीतिमा कृषि क्रान्तीका कुरा तर, व्यवहार कृषक सधैं पिडित 

कतिपय प्रदेशहरुले किसानका लागि राहत दिने , कृषिमा क्रान्ती गर्ने,  स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, मल खाद तथा नगद सहित राहत दिने भनिएको छ । नारा हेर्दा त क्रान्ती होला जस्तो देखिन्छ तर व्यवहार हेर्दा कागज मात्र क्रान्ती होला जस्तो लाग्छ । संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रममा सोचेको र चर्चा भएको जस्तो न त कार्यक्रम आयो न त बजेट नै अब स्थानीय सरकरको हेर्न बाकी छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बिकासकालागि बिश्वसनीय संरचना बनाएर आउनुहोस सहयोग गर्छुः महानगर प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आउने आर्थिक वर्षमा बीरगंजमा करिब एक लाख बिरुवा रोपिने र त्यसकोलागि रकम बिनियोजन गरिएको बताउनु भएको छ ।

स्व.कोइरालाको जन्मजयन्तीको अवसरमा पर्सामा दुई पत्रकार सम्मानीत

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा पर्साका दुई पत्रकारहरुलाई सम्मान गरेको छ ।

ग्यासको पाइप लिक हुदा भएको आगलागीमा एकको ज्यान गयो दुई घाइते 

 पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतामा ग्याँसको पाइप लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो 

बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ । आज बिहान आएको पानीसंगै परेको चट्याङले कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका दुईजना र फेटा गाउँपालिका १ त्रिवेणीका दुईजना गरी चारजना महिलाको ज्यान गएको हो । कलैया १२ की ३५ बर्षीया आशादेवी महतो र ४५ बर्षीया अलिमा खातुन तथा  फेटा गाउँपालिका वडा नम्बर १ की त्रिवेणीकी ३० बर्षिया सिन्दुदेवी र ४० बर्षिय सुनरपती देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जाकारी दिनुभयो ।

खेलकुद

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ

डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीतामा सर्राफ प्रथम

बीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिप्mट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभडहलमा सम्पन्न भएको छ

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने 

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा फागनु १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.