logo

वीरगन्ज महानगरको बजेट पौने चार अर्ब, कोभिड महामारीको संकटमा करदातालाई राहत  

  इसीमाना संवाददाता     वीरगन्ज, १० असार ।   320   पटक पढिएको

वीरगन्ज, १० असार । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ मा कुल ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार ३ सय ३५ रुपैंयाको बजेट सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको बजेटमा चालूतर्फ १ अर्व ६२ करोड ६९ लाख १८ हजार अर्थात ४२.०९ प्रतिशत, पुँजीगततर्फ  २ अर्व १७ करोड ४६ लाख ७२ हजार अर्थात ५६.२६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६ करोड ३६ लाख अर्थात १.६५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

कूल खर्च मध्ये क्षेत्रगत रुपमा पूर्वाधार विकास क्षेत्रलाई बढी बजेट विनियोजन भएको छ । पूर्वाधार विकास क्षेत्रमा १ अर्व ७७ करोड ६ लाख १२ हजार अर्थात ४५.८१ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार अर्थात २२.७१ प्रतिशत, आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार अर्थात ६.७१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ २३ करोड ७५ लाख १६ हजार अर्थात ६.१५ प्रतिशत र कार्यालय तर्फ ७१ करोड ९८ लाख ०१ हजार अर्थात १८.६२ प्रतिशत विनियोजन गरेको छ ।

वीरगन्ज महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा च्ग्म्ए तथा क्त्क्ष्ग्भ्क्ष्ए १ अर्व ४ करोड ४७ लाख ५७ हजार, वडा स्तरीय योजना २४ करोड ७० लाख,  समपूरक कोष १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रम २ करोड ३४ लाख, तराई मधेश समृद्धि कार्यक्रममा ३० लाख, सडक बोर्ड कार्यक्रममा १ करोड, रोजगार कार्यक्रम ४० लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम तर्फ २० लाख, सामाजिक सुरक्षा भत्तातर्फ ४५ करोड विनियोजन गरिएको छ ।

त्यस्तै वडा भवन निर्माणतर्फं ३ करोड, उज्यालो वीरगंज कार्यक्रम तर्फ १२ करोड ८१ लाख, शैक्षिक     विकास तर्फ ६२ करोड ६४ लाख, स्वास्थ्य तर्फ १४ करोड ६८ लाख ८० हजार, कृषि विकास तर्फ ८३ लाख, पशु सेवा विकास ४३ लाख र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ३ करोडको बजेट व्यवस्था मिलाएको महानगरले सार्वजनिक गरेको बजेट वत्तव्यमा उल्लेख गरेको छ ।

बजेटमा समावेश हुन नसकेका महत्वपूर्ण आयोजनाहरु एचयवभअत द्यबलप मा राखि श्रोतको उपलब्धता भएपछि क्रमशः  कार्यान्वयन हुने गरी व्यावस्था गरिएको पनि जनाएको छ । महानगरपालिकाले चालू आर्थिक बर्षको बजेट समिक्षामा आन्तरिक आय तर्फ रु. ४८ करोड ६६ लाख अनुमान गरिएकोमा ११ महिनाको अवधिमा २६ करोड ७० लाख १९ हजार मात्र आय भई ५४.८७ प्रतिशत प्रगति गरेको देखिएको छ ।

महानरगका करदातालाई भारी छुट
महानगरपालिकाले कोरोना महामारीको प्रभावलाई दृष्टिगत गरी कर नीतिहरु लिएको छ । (कोभिड–१९) कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसाय समेतमा प्रतिकुल असर परी व्यापारी, उद्योगी, व्यवसायीहरुमा ठूलो आर्थिक क्षति भएकोले यसलाई ध्यानमा राख्दै विद्यालय, अस्पताल, सपिङमल, उद्योग र कलकारखानाको चालू आ.व.को सम्पत्ति करमा ५०% सम्म छुट दिने,

सम्पत्ति कर र मालपोत (भूमिकर) मा चालु आ.व.मा पुस मसान्तभित्र कर बुझाउने करदाताहरुलाई दिदैं आएको छुटको व्यवस्थालाई आगामी आ.व. २०७७÷०७८ को पुस मसान्तभित्र कर बुझाउने करदाताहरुलाई १०% छुटको व्यवस्था गरेको छ । बाँकी बक्यौतामा लिईदैं आएको वार्षिक १५% जरिवाना घटाएर १०% मात्र जरिवाना लिने निति लिइएकोमा यस आर्थिक वर्ष भित्र कर तिर्न नसकेका करदातालाई आर्थिक वर्ष ०७७÷०७८ को पुस मसान्त भित्र कर बुझाएमा जरिवानामा १५% छुट दिने नीति लिईएको छ ।

वीरगञ्ज महानगरपालिकाको राजश्व प्रशासन क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गर्दै लगिनेछ, करदाता सहयोगी डेस्कलाई प्रभावकारी बनाउंदै करदातामैत्री प्रशासनको विकास गरी वार्षिक कार्ययोजनाका आधारमा राजस्व असुली कार्यलाई थप प्रभावकारी बनाइने भएको छ । घर बहालकरको छुट्टै सफ्टवेयरको व्यवस्था नहुँदा व्यवस्थित अभिलेख  (लगत)  गर्न र यथार्थ विवरण यकिन गर्न कठिन भएकोले आर्थिक वर्ष २०७७/०७८ देखि छुटै सफ्टवेयरको ब्यवस्था गरी बहालकरको अभिलेख  अद्यावधिक गर्दै लगिने,  करको दायरा बढाउन घुम्ती टोलीको व्यवस्था, अनुगमन र करदाता शिक्षा कार्यक्रम संचालन गरिनेछ ।

राजश्व प्रशासनलाई पारदर्शी र जवाफदेही वनाउन कर्मचारीलाई तालिमको व्यवस्था मिलाईनेछ । महानगरभित्र बसोबास व्यवसाय गर्ने करदातालाई जागरुक र कर तिर्ने बानी बसाल्न मैले तिरेको कर मेरै टोलको विकासका लागि भन्ने भावना जागृत गर्न स्थानीय रेडियो मार्फत कर शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । करको दायरालाई फराकिलो बनाउन, हरेक सेवाग्राहीलाई करको दायराभित्र ल्याउन सरोकार पक्षसँग सम्वाद, समन्वय गर्न तथा महानगरको आन्तरीक राजश्वलाई वृद्धि गर्न राजश्व समन्वय तथा अनुगमन समिति  जिम्मेवार र जवाफदेही बनाईने जनाएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसलाई आधार वनाई वीरगंज विश्वविद्यालय संचालन गर्न प्रदेश र संघीय सरकार तथा अन्य  सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडी महानगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । वीरगंजमा इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सम्बन्धित मन्त्रालय लगायत सरोकारवालासँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाईने भएको छ । 
वीरगन्ज महानगरपालिकाको नयाँ कार्यक्रमहरु 

  • वीरगन्जमा पहिलो पटक एकै स्थानमा १ हजार जनाले परीक्षा दिन मिल्ने व्यावस्था गर्न  सिद्धार्थ माध्यामिक विद्यालय परिसरमा एकीकृत परीक्षा केन्द्र स्थापना गर्ने । 
  •   महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई नेपाल प्रहरी र पर्साका स्थानीय तहको समन्वयमा एकीकृत सहायता केन्द्र स्थापना
  • नेपालमै पहिलो पटक स्थानीय तहको सरकारले उद्योगी व्यावसायी र नागरिकको सहयोगमा पीसीआर मेशिन खरिद
  •  एक घर एक व्यत्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने
  •  उज्यालो अभियान अन्तर्गत महानगरपालिकाको ३२ वटै वडामा २४ करोडको लागतमा ३०१ वटा स्थानमा स्टेशन निर्माण गरी स्वचालित एलइडी बत्ती जडान गरिने । 
  •  हरित वीरगन्ज बनाउन बृहत वृक्षरोपण गर्न ३ करोड ३० लाख  
  •   ७ करोडको लागतमा अस्पतालजन्य फोहोर व्यावस्थापनका लागि स्वचालित प्लाण्ट स्थापना गरिने 
  •  कुहिने फोहोर बाट जैविक मल र वायो ग्याँस उत्पादन प्लाण्टको एकबर्ष भित्रमौ सम्पन्न गरिने ।
  •  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक वडा एक उत्पादनको अवाधारणामा पकेट क्षेत्र घोषणा 
  •  प्रसूती सेवा लिने महिलाहरुका लागि निःशुल्क रगतको आपूर्ति गरिने मातृमृत्युदर क मगर्न घरसम्म आकस्मिक एम्बुलेन्स सेवा उपलब्ध गराई शुन्य होम डेलिभरीको व्यावस्था गरी सबैलाई अस्पतालमा प्रसुतीको व्यावस्था गरिने । 
  • सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क आँखा परीक्षण गरी चस्मा वितरण गरिने ।
  • विकास पत्रकारितालाइ प्रोत्साह गरिने, रेडियो, अनलाईन र नियमित प्रकाशित हुने दैनिक पत्रपत्रिकाहरुलाई मासिक रुपमा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने ।
  • भोजपुरी साहित्य प्रतिष्ठानको स्थापना गर्ने ।
  • विकास निर्माणमा जनसहभागिताका लागि ४० प्रतिशत लागत सहागिता अनिवार्य गरिने । 
  • १०० शैय्याको ग्रिन हस्पिटल वेस्ट म्यानेजमेण्टको स्थापना 
  • हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

आर्थिक

एभरेष्ट बैंक र कर्पोरेट बैंकद्वारा वीरगन्ज महानगरलाई सहयोग रकम हस्तान्तरण 

बैंकका प्रतिनिधिहरुले महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई कार्यकक्षमै भेटेर एभरेष्ट बैंकको तर्फबाट १ लाख पाँच हजार र कर्पोरेट डेभलपमेण्ट बैंकको तर्फबाट २ लाख नगदको चेक हस्तान्तरण गरेका छन् ।

कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकास पटेर्वा सुगौलीको प्रथामिकता,पोखरियाले बिनियोजन गर्यो ४१ करोड  

पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्षकालागि बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकासलाई प्राथमिकता दिइएको छ ।

वीरगन्ज महानगरलाई पीसीआर मेशिन खरिदका लागि २७ लाख रकमको चेक प्राप्त  

बिहीबार प्राप्त २७ लाखको चेक र महानगरपालिकाले स्थापना गरेको १ करोडको कोष सहित कोरोना कोषमा अहिलेसम्म १ करोड ९९ लाख ६७ हजार ४ सय ७३ रुपैंया रकम जम्मा भएको महानगरपालिकाका प्रशासकीय अधिकृत विकास मिश्रले जानकारी दिनुभयो । 

सिर्सिया सुक्खा बन्दरगाह संचालनको ठेक्का भारतीय कम्पनी प्रिन्स्टाईनलाई

विदेशी कम्पनीले तोकिएको रकम भन्दा बढीमा ठेक्का लिनुले त्यसमा सेवा शुल्कहरु वृद्धि हुने संकेत देखिएको र त्यो भोली गएर नेपाली व्यवसायीहरुसँगै लिने र नेपाली व्यवसायीहरुले पनि उपभोक्तालाई भार थुप्रिने भएकोले यसले महंगो हुने संभावना देखिएको बताए । उनले भने, लजिष्टिक भनेको अर्थतन्त्रको आमा भन्छन् । तर, हाईड्रोपावर, पर्यटन, उद्योगलाई महत्व दिन्छन् । लजिष्टिक प्राथामिकतामै पर्दैन । यो विडम्वना हो । रेलवे सम्झौता गर्दा २० प्रतिशत लजिष्टिक लागत घट्छ भन्थ्यो । तर, अब तोकिएको रकम भन्दा बढी रकममा ठेक्का सकारेपछि यसले त्यो लागत घटाएर कुन कम्पनीले काम गर्छ ? यो निकै गम्भीर प्रश्न छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बिकासकालागि बिश्वसनीय संरचना बनाएर आउनुहोस सहयोग गर्छुः महानगर प्रमुख सरावगी

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आउने आर्थिक वर्षमा बीरगंजमा करिब एक लाख बिरुवा रोपिने र त्यसकोलागि रकम बिनियोजन गरिएको बताउनु भएको छ ।

स्व.कोइरालाको जन्मजयन्तीको अवसरमा पर्सामा दुई पत्रकार सम्मानीत

गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले स्व. गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा पर्साका दुई पत्रकारहरुलाई सम्मान गरेको छ ।

ग्यासको पाइप लिक हुदा भएको आगलागीमा एकको ज्यान गयो दुई घाइते 

 पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ दसौतामा ग्याँसको पाइप लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बारामा चट्याङ लागेर चार महिलाको ज्यान गयो 

बारामा चट्याङ लागेर चारजना महिलाको मृत्यु भएको छ । आज बिहान आएको पानीसंगै परेको चट्याङले कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुरका दुईजना र फेटा गाउँपालिका १ त्रिवेणीका दुईजना गरी चारजना महिलाको ज्यान गएको हो । कलैया १२ की ३५ बर्षीया आशादेवी महतो र ४५ बर्षीया अलिमा खातुन तथा  फेटा गाउँपालिका वडा नम्बर १ की त्रिवेणीकी ३० बर्षिया सिन्दुदेवी र ४० बर्षिय सुनरपती देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जाकारी दिनुभयो ।

खेलकुद

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ

डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीतामा सर्राफ प्रथम

बीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिप्mट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभडहलमा सम्पन्न भएको छ

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने 

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा फागनु १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.