logo

महानगरपालिकालाई ४५ सय भीटीएम किट हस्तान्तरण 

इसीमाना संवाददाता      वीरगन्ज, १६ असार ।   367   पटक पढिएको

वीरगन्जका तीनजना व्यवसायीले कोरोना भईरस कोभिड–१९ परीक्षणमा प्रयोग हुने भीटीएम किट वीरगन्ज महानगरपालिकालाई मंगलबार हस्तान्तरण गरेको छ ।

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि पीसीआर मेशिन खरिद गरेपछि कोरोना परीक्षणका लागि आवश्यक ४ हजार ५ सय भीटीएम किट वीरगन्ज महानगरपालिकालाई तीनजना व्यक्तिले उपलब्ध गराएको हो ।


अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ मिलेनियमको संयोजनमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका व्यवसायीहरु विशाल पटवारी, निर्मल गुप्ता र केतन गुप्ताले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई ४५०० भीटीएम किट हस्तान्तरण गरिएको हो । वीरगन्ज महानगरपालिकाले खरिद गरेको २० हजार पिस भीटीएम किट भने बुधबार सम्ममा आईपुग्ने वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

स्वास्थ्य

बीरगंजमा चिकित्सक पत्रकार र ब्यापारी सहित ३४ जना थप संक्रमीत

पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमीत हुनेको संख्या ६ सय ७ पगुेको छ । यस मध्य २ सय ३ जनाले कोरोनालाई परास्त गरेर घर फर्केका छन ।

पर्सामा सुरक्षाकर्मी र पत्रकार सहित थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पर्सामा नेपाली सेना ,नेपाल प्रहरी र पत्रकार सहित ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालले आइतवार राती सार्वजनीक गरेको रिपोर्टमा ७३ जना संक्रमीत भएको पुष्टि भएको हो ।

पर्सामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीको परिवारका २ जना सदस्यमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बीरगंजमा २ सय ५० बढी बेडको आइसोलेशन ब्यवस्थापन,आजबाट बीरगंज हेल्थ केयर अस्पतालले पनि उपचार सेवा दिने

कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारकालागि बीरगंजमा करिव २ सय ५० बेडको आइसोलेशन वार्ड तयार भएको छ ।

बीरगंजमा मृत्यु पश्चात एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगंजको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

सानो पाइलाको पहलमा ४० बेडको आइसोलेशन केन्द्र निर्माण फ्रन्टलाइनमा लड्नेहरुलाई राखिने

सानो पाइला नामको गैर सरकारी समाजिक संस्थाले बीरगंजमा ८० बेडको आइसोलेशन संचालनमा ल्याएको छ । स्थानीय प्रशासनसंगको सबन्वयमा आइसोलेशन संचालनमा ल्याएको संस्थाका कार्यकारी प्रमुख कन्चन झाले बताउनु भयो । 

बीरगंजको अवस्थालाई राम्रो बनाउने कुरामा आफनो टोलीको ध्यान रहन्छः टोली प्रमुख डा.सिंह

पर्सामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि संघ सरकारको ध्यान पनि बीरगंज तर्फ केन्द्रीत भएको छ ।

यौन दूर्ब्यवहार गरेको आरोपमा १९ वर्षिय युवक गिरफ्तार

४ वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा प्रहरीले जगरनाथपुर गाउँपालिका वडा नं. २ दसौता निवासी १८ वर्षिय युवकलाई साउन १९ गते गिरफ्तार गरेको छ । 

शवको शदगत् गर्ने बिषयमा मिलनचोकमा गोली चल्यो ,तीन घण्टाको रस्साकस्सी पछि सुरक्षा निकायले पायो सफलता

करिब ३ घण्टाको रस्साकस्सी पछि सुरक्षाकर्मीले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तीनवटा शवलाई शदगत गर्नलागि बीरगंज महानगरको उत्तरमा रहेको जंगलभित्र लग्न सफल भएका छन ।

खेलकुद

बीरगंजमा एकताकालागि दौड सम्पन्न ४२ किमी म्याराथानमा बिभागीय कब्जा

एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो

पर्सागढी गोल्डकपको उपाधी हेटौडालाई ,बिकासकालागि खेल स्पिरिट आवश्यकःमंत्री सोनल

पर्सागढी नगरपालीका को खेल मैदानमा पर्सागढी युवा स्पोर्टस क्लब बढनिहारले आयोजना गरेको प्रथम पर्सा गोल्डकपको उपाधी मकवानपुर फूटवल एकेडेमीले चुमेको छ

डेडलिफट्ट एण्ड बेञ्चप्रेस प्रतियोगीतामा सर्राफ प्रथम

बीरगंज फिजिकल फिट्नेस सेन्टरको आयोजनामा फ्रि ओपेन डेडलिप्mट एण्ड बेञ्चप्रेस प्रतियोगीता २०७६ बीरगंजको फिट्नेस कभडहलमा सम्पन्न भएको छ

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने 

वीरगन्जमा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा बीरगंज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगंज उद्योग बाणिज्य संघको सहआयोजनामा फागनु १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.