नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको छ । पर्साको क्षेत्र नम्बर १ को परवानीपुरमा, क्षेत्र नम्बर २ को भेला सुगौलीमा सम्पन्न भएको छ । त्यस्तै पर्साको पोखरिया नगरपालिकामा पनि १५१ सदस्यीय प्रतिगमन विरुद्धको संघर्ष समिति गठन गरिएको छ ।
नेकपा पर्साका अध्यक्ष प्रभू हजराले नेकपाका अध्यक्ष एवं प्रधानमंत्री के.पी.ओलीको लोप्रियताबाट तर्सिएकाहरुले पार्टी भित्रैबाट षडयन्त्र गर्दा संसद बिघठनको निर्णय भएको बताउनु भएको छ ।
वीरगन्जमा विभिन्न तीन स्थानमा भएको रक्तदानमा १४ महिला सहित २७२ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्सा र नरसिंह वृजलाल गोयल वेलफेयर सोसाईटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५ महिला सहित १५५ जना, वर्णवाल सेवा समिति र वर्णवाल युवक संघको आयोजनामा ५ महिला सहित ६२ जना र निखिल ज्वेलर्सको आयोजना ४ महिला सहित ५५ जना गरी २७२ जनाले रक्तदान गरेका छन् ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको वडा नम्बर ११ को नयाँ वस्तीमा आवश्यक पूर्वाधार निर्माणको लागि स्थलगत निरीक्षण गर्नुभएको छ ।
वीरगन्जमा हिजो बिहानैदेखि हराएका दुईजना बालक अझै भेटिएका छैनन् । टियुसन पढ्न गएका दुईजना बालक हिजो बिहान ११ बजेदेखि हराईरहेका हुन् । वीरगन्जका व्यवसायी जगरनाथ प्रसाद कलवारका छोरा ‘तेजस’ भनिने शिवेस गुप्ता र वीर्ताका दिपेश शर्माका छोरा प्रनिश शर्मा हिजो बिहान ११ बजेदेखि हराईरहेको शिवेसका बुवा जगरनाथ प्रसाद कलवारले जानकारी दिनुभयो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा कोसेली तथा हुलास युवा क्लबको संयुक्त आयोजना सम्पन्न सिमरा दोस्रो भेट्रान फुटबल प्रतियोगिता २०७७ को उपाधि हेटौंडा भेट्रानले हात पारेको छ ।
एकतालागि दौड “बीरगंज म्याराथान”को उपाधी नेपाली सेनाका खगेन्द्र बहादुर भाटले जित्नु भएको छ । उहाँ त्रिभुवन आर्मी क्लबकासंग आवद्ध हुनुहुन्छ ।म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल हुनु भएको हो