logo

एक मिशालको भिडियो सार्वजनिक 

      4/8/2017 गते 00 00 मा प्रकाशित     1596   पटक पढिएको

वीरगञ्ज, २६। चैत पछिल्लो समय निकै नै चर्चामा रहेको गीत एक मिशालको भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । अनुप तिवारीको शब्द, संगीत रहेको सो गीतमा वीरगञ्ज आइडल सुरभी मिश्रा र अनुप तिवारीको स्वर रहेको छ । ४ महिना अगाडी सार्वजनिक गरिएको सो गीतको अडियोले बजारमा तहल्का मचाइरहेका बेला शुक्रबार एक कार्यक्रममा बीच सो गीतको भिडियो सार्वजनिक गरिएको छ । रन्धिर श्रेष्ठ निर्देशित सो भिडियोमा नायक अशोक आरयन यादव र क्रिस्टिना थापाको अभिनय रहेको छ । ए।आरएएस् प्रोडक्शन्स् अन्तर्गत निर्माण गरिएको सो गीतको अडियो संग्स् नेपाल अन्तर्गत सार्वजनिक गरिएको थियो । वीरगञ्जस्थित क्यान्डी सपमा आयोजना गरिएको कार्यक्रममा चर्चित शास्त्रीय संगीतकार ध्रुव सिंह ठकुरी, सई रुपक मैनाली, सिटि डान्स्का राजन रौनियार, लायन्स् क्लब सेन्ट्रल सिटिकी उपाध्यक्ष गुडी जोशी, फेस् अफ द वल्र्डकी प्रत्याशी पिंकी जोशी, युवा अभियन्ता सौराज प्रधान, नायक युवराज केशरी, मिस्टर वीरगञ्ज २०१६ निर्मल सर्राफ, चर्चित भिडियो सम्पादक रिशभ ओझा,  निर्देशक विजय ठाकुर लगायतकाको  उपस्थिती रहेको थियो । सो भिडियोको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चर्चित शास्त्रीक संगीतकार धु्रब सिंह ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले भिडियो निकै राम्रो बनेको र नामझैँ मिशाल कायम गर्ने बताएका थिए । कार्यक्रममा स्वागत मन्त्वय राख्दै चर्चित नायक डा। अशोक आरयन यादवले भिडियो निर्माणका लागि सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्नुभएको थियो । सो भिडियो युट्युबमा आइतबार साँझ हाइलाइटस् नेपालको मार्फत सार्वजनिक गरिने गायिका सुरभी मिश्राले बताइकी छिन् । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी बिवेक कर्णले गरेका थिए 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.