logo

बारामा खाना महोत्सव सम्पन्न

      4/16/2017 गते 00 00 मा प्रकाशित     1356   पटक पढिएको

सिमरा, ३ बैशाख । बाराको सिमरामा आयोजना गरिएको ‘बारा खाना महोत्सव’ सफलता पूर्वक सम्पन्न भएको छ । नयाँ बर्ष २०७४ को अवसरमा चैत ३१ गते बाट आयोजना गरिएको महोत्सब हिजो सम्पन्न भएको हो । महोत्सबमा झण्डै एक करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव आयोजक मूल समारोह समितीका संयोजक एवं मूख्य आयोजक होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामीछानेले जानकारी दिए ।

सिमराको एयरपोर्टरोडमा आयोजना गरिएको महोत्सवमा ५० भन्दा बढि स्टल राखिएको थियो । बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन र सर्लाही सहित भारतीय सिमावर्ती शहर रक्सौलबाट समेत दर्शकको उल्लेख्य सहभागिता रहेको महोत्सवको एकलाख भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । महहोत्सवमा थारु समुदायको पहिचान झल्कने घोगीं, केराको विभीन्न परिकार र च्याउको छोइला विशेष आकर्षण बनेको थियो । यस्तै नेवारी खाना, इन्डियन, चाइनिज, कण्टिनेण्टल र इटालियन खानाका परिकारहरु वपन महोत्सवमा राखिएको थियो ।

होटल व्यवसायी संघ बाराको मूख्य आयोजना तथा जिल्ला समन्वय समिती बारा, नेपाल पर्यटन बोर्ड, जितपुर सिमरा उद्योग वाणिज्य संघ, जितपुर सिमरा उपमहानगरपालीका, होटल व्यवसायी महासंघ नेपाल र सामुदायिक विकासशिल क्लब सिमराको आयोजनामा सम्पन्न महोत्सब अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुले विभीन्न मनोरन्जनात्मक प्रस्तुती पस्केका थिए । आयोजकले महोत्सव सम्पन्न गर्न झण्डै १४ लाख रुपैयाँ खर्च भएको अनुमान गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.