logo

बलिउडमा प्रख्यात कलाकार विनोद खन्नाको निधन

      4/28/2017 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

मुम्बई, १४ वैशाख । बलिउडका प्रख्यात कलाकार बिनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको मुम्बई अस्पताल स्रोतले जानकारी दिएको छ ।
 

उहाँले बलिउडका चलचित्र ‘अमर अक्बर एन्थोनी’ र मेरे अपनेलगायत दर्जनौँमा हिन्दी चलचित्रमा अभिनय गर्नुभएको थियो । उहाँले सन् १९७० को दशकमा विद्रोही युवाको भूमिकाको रुपमा अभिनय गर्नुभएको थियो ।
 

खन्ना पञ्जाव राज्यको सांसदसमेत बन्नुभएको थियो । प्रख्यात कलाकार तथा सांसद सदस्य खन्नालाई गत मार्च ३१ मुम्बइस्थित ‘सर एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।
 

उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थो । अस्पतालको अनुसार उहाँको शरीरमा पानीको कमि हुने समस्या थियो ।
 

बिनोद खन्नाको तीन छोरा र एक छोरी छन् । उनको छोरा अक्षय खन्ना पनि बलिउडका प्रख्यात कलाकार हुनुहन्छ । खन्नाको अभिनयको सुरुवात १९६८ मा चलचित्र ‘मनका मित’बाट भएको थियो ।
 

साथै मेरे अपने, मेरा गांव मेरा देश, इम्हिान, इनकार अमर अक्वर इन्थोनी, लहू के दो रङ्ग, कुर्बानी, दयावान र जुर्मजस्ता चलचित्रमा उहाँको सशस्त्र अभिनय रहेको थियो ।
 

उहाँले अन्तिम अभिनय सन् २०१५ मा शाहरुख खानको चलचित्र दिलवालेमा गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.