logo

 सकिन मायालाई पाउन युट्युब च्यानल मार्फत सार्वजनिक

      5/1/2017 गते 00 00 मा प्रकाशित     1242   पटक पढिएको

वीरगञ्ज, १८ वैशाख

चाहेको व्यक्तिलाई मन पराउनु तर भन्न नसक्ने व्यथालाई गायक चन्दन प्रजापतिले शब्दमा वर्णन गर्दै गीतको रुप दिएका छन् । पछिल्लो समय विभिन्न कार्यक्रमहरुमा आफनो बेजोड सांगितिक प्रस्तुती दिदैँ चर्चामा रहेका गायक चन्दन प्रजापतिको डेब्यु गीत हो "सकिन मायालाई पाउन" । गायक प्रजापतिकै शब्द, स्वर र संगीतमा रहेको सो गीत भिडियो प्रिमियर हिजो वीरगञ्ज पब्लिक कलेजमा गरि औपचारिक रुपमा संग्स् नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । सकिन मायालाई पाउनको भिडियोमा मिस्टर हैण्डसम् वीरगञ्ज २०१६ निर सर्राफ, सोनु भटट्राई, सनि निधि र सिवानी श्रेष्ठको अभिनय रहेको छ । सो भिडियोको निर्देशन विकास प्रजापतिले गरेका छन् भने सहायक निर्देशकमा बैजु प्रजापति रहेका छन् । मायालाई मुख्य विषयवस्तु मानी लेखिएको गीत सकिन मायालाई पाउन को निर्माण स्टुडियो चित्रलेखाले गरेको छ । सो भिडियोको सम्पादन रिशभ ओझाले गरेका छन् भने एरेन्ज मोहित मुनालले गरेका छन् । "सकिन मायालाई पाउन मेरो पहिलो गीत हो र यसबाट मैले निकै नै आशा राखेको छुू" गायक प्रजापतिले बताए । भिडियोको बारेमा कुराकानी गर्दै गायक प्रजापतिले गीतले व्यक्त गर्न चाहेको भावनालाई भिडियोमा राम्ररी समेटिएको बताएका छन् । भिडियोले दर्शकलाई गीतले व्यक्त गर्न चाहेको भावना झन् स्पष्ट हुने गायक प्रजापतिको तर्क छ । गीतले दर्शक श्रोताको माया पाउनेमा आफु विश्वस्त रहेको गायक प्रजापतिले बताएका छन् । लामो समयको पर्खाई पछि सकिन मायालाई पाउन सार्वजनिक भएको छ। समग्र रुपमा भन्नुपर्दा भिडियोेले गीतलाई पुर्ण रुपमा न्याय गरेको देखिएको छ । गीतको भावनालाई भिडियोले झनै प्रखर ढङ्गले प्रस्तुत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.