logo

निर्मल समाज युवा क्लब ठोरी ४ द्वारा सडक नाटक प्रदर्शन 

      4/8/2018 गते 00 00 मा प्रकाशित     2021   पटक पढिएको

ठोरी २५ चैत ।
ठोरी गाउँपालिका ४ मिलचोकमा रहेको निर्मल समाज युवा क्लबले आइतवार सडक नाटक प्रदर्शन गरेको छ।वन र वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन नाटक गरिएको हो ।  

 

नाटकको  ठोरी ५  सुवर्णपुर र जीराभवानी गाउँपालिका १ जगतिया चोकमा छुट्टाछुट्टै  सडक नाटक प्रदर्शन गरिएको हो।

 

तराई भुपरिधी कार्यक्रम (ताल) चितवनको आर्थिक सहयोग र कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समिति  ठोरी ४ र सुनाखरी मध्यवर्ती उपभोक्ता समिति ठोरी ५ को सयुक्त संयोजनमा क्लबले सो नाटक तयार पारेको क्लबका अध्यक्ष भिमसेन सुनारले जानकारी दिए।

 

उनले वातावरण संरक्षणका क्षेत्रमा चेतना जगाउने काम गर्न पाँउदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि अबसर पाए यस्तै संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्न आफुहरु तयार रहेको बताए ।


क्लबमार्फत नाटक प्रदर्शन गर्दा युवा समुदायलाई संरक्षणमा समेट्न सकिने भएकाले नाटक निर्माण र प्रदर्शनको जिम्मा क्लबलाई दिएको बताउँदै नाटक निर्माणको साझेदार सस्था कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टङ्क प्रसाद तिमिल्सिनाले नाटक संरक्षणको क्षेत्रमा फलदायी हुने बिश्वास आफुले लिएको बताए ।

 


त्यसैगरी समाजमा दबेर रहेका युवाहरुको आन्तरिक क्षमतालाई प्रष्फुटन गर्न र उनीहरुमार्फत संरक्षण कार्यलाई समुदायसम्म प्रभावकारी ढंगले लैजान सडक नाटक उपयुक्त हुने ठानेर नै आर्थिक सहयोग गरिएको जानकारी दिदै तालका सामुदायिक संरक्षण सहजकर्ता सुरज थिङ्ले वन र वन्यजन्तु संरक्षणलाई समेटेर नाटक लेखन गरेकोमा क्लबलाई धन्यवाद समेत व्यक्त गरे।

 

वन र वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको नाटकमा १२ जना कलाकारहरुले अभिनय गरेका थिए।नाटकको डब्लुडब्लुएफ जर्मन,डब्लुडब्लुएफ भारत र डब्लुडब्लुएफ नेपालका प्रतिनिधिहरु सम्मीलित टोलिले पनि अवलोकन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.