logo

राजपा संग अनुहार मात्र मिल्छ विचार मिल्दैन-उपेन्द्र यादव

      3/3/2018 गते 00 00 मा प्रकाशित     4825   पटक पढिएको

वाम गठबन्धनको सरकारमा संघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने प्रयास भइरहेको छ । गृहकार्य चलिरहेको छ । निष्कर्ष निस्किएको छैन । संविधान संशोधनको मुद्दा र भागबण्डाको विषयमा छलफल भइरहेको बताइएको छ । फोरमले जस्तै संविधान संशोधनको माग पूरा भए आफूहरु पनि सरकारमा सहभागि हुन तयार रहेको राजपाका नेताहरुले बताउँदै आएका छन् । तर फोरम र वाम गठबन्धनले राजपालाई कुनै वास्ता गरेका छैनन् । किन त रु यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय एकता कायम गर्न सक्छ ?
म ज्योतिष त हैन । तर चाह्यो भने सक्छ, चाहेन भने सक्दैन ।

तपाईले के पाउनुभयो रु केपी ओलीमा त्यो इच्छाशक्ति छ ?
उहाँले चाहनुभयो भने सक्नुहुन्छ । चाहना छ कि छैन भन्ने कुरा उहाँले भन्ने कुरा हो ।

संविधान संशोधन गर्न ओली सकारात्मक हुनुभएको हो ?
सकारात्मक भएको संकेत आएको छ । तर कुरा टुङ्गिएको छैन ।

तपाईसँग दुई बुँदे सहमति भइसकेको हो ?
त्यस्तो केही सहमति भएको छैन ।

तपाईको दल सरकारमा जाने अवस्था सृजना त भएको हो नि ?
यो कुराको पनि टुङ्गो लागेको छैन । हामी वार्तामा बस्ने मान्छेलाई नै थाहा छैन । तपाईहरु बाहिर बस्ने मान्छेलाई थाहा हुँदोरहेछ । यो अचम्मको कुरा हो ।

तपाईहरुबिचको बैठकमा भएको कुरा के हो त रु प्रष्ट पार्नुस् न ?
अहिलेसम्म छलफल जारी छ । टुङ्गोमा पुगेको छैन । जबसम्म निष्कर्षमा पुग्न सकिदैन, तबसम्म केही भन्न सकिदैन ।

धेरैपटक वार्ता भइसक्यो । किन निष्कर्षमा पुग्न सक्नुभएन ?
कुराहरु मिठा हुन्छन् । तर परिणाम सार्थक हुनुपर्छ ।

वाम गठबन्धनबाट सार्थक परिणामको अपेक्षा गर्न सक्नुहुन्छ ?
अब हामीले उहाँहरुलाई खोज्दै गएको होइन । उहाँहरुले आमन्त्रण गरेर गएको हो । त्यसैले सार्थक परिणाम दिने दायित्व पनि उहाँहरुकै हो । हामी त हाम्रो मुद्दा सुनुवाई भए मात्रै सरकारमा सहभागि हुने हो । राष्ट्रिय समस्या समाधान हुने हो भने हामी सहमती गछौँ ।

प्रधानमन्त्री ओलीले त दुई तिहाई पुर्याउनका लागि तपाईलाई सम्मानका साथ आग्रह गर्नुभएको छ नि ?
मलाई व्यक्तिगत सम्मानभन्दा पनि मुलुकको समस्या र सम्मान ठूलो छ । समस्या समाधान गरेर अगाडि बढ्न तयार हुनुपर्छ । उहाँहरुले जे प्रयास गर्नुभएको छ, त्यो राम्रो हो । तर परिणाम निस्किएको छैन । हामीले उठाएका सवालहरुको जवाफसहित हामीलाई सरकारमा लैजाने चाहना राख्नुपर्छ ।

तपाईहरुले उठाएको सवाल के हो ?
संविधान संशोधन र राष्ट्रिय मुद्दाहरुको समाधान हो । कुन कुन विषयमा संशोधन गर्ने सूचि हामी दिन्छौँ ।

अहिले राजपा र फोरमबिचको सम्बन्ध चिसिएको हो ?
राजपासँगको हाम्रो सम्बन्ध प्रदेश नम्बर दुईमा सिट तालमेलका लागि मात्रै भएको थियो । अहिले मधेशी मोर्चा पनि छैन, गठबन्धन पनि छैन । त्यसकारण राजपासँगको अरु कुनै सम्बन्ध नै छैन ।

राजपाका नेताहरुले त उपेन्द्र यादवले धोका दिनुभयो भन्न थालेका छन् नि ?
अब कोही बौलाउँछन् भने त्यसको उपचार गर्न म सक्छु र रु मैले राजपासँग कुनै लगनगाँठो बाँधेको छैन । जो सँगै घुमोस्, यसको जरुरी पनि छैन । उहाँहरुको सिद्धान्त मलाई थाहा छैन । हाम्रो सिद्धान्त र पार्टी बेग्लै हो ।

तपाईहरु चुनावमा गठबन्धन त मिलेर गर्नुभएको हो नि ?
अहिले कुनै गठबन्धन छैन । चुनाव सकिएपछि तालमेल पनि सकियो । मधेशी मोर्चालाई राजपाले खाइहाल्यो । अब नयाँ परिस्थितीमा नयाँ ढंगले जानुपर्ने हुन्छ । कुनै बेला आवश्यकता पर्यो भने फेरी तालमेल गरौँला ।

उपेन्द्र यादवले राजपालाई संगै लिएर जानुपर्ने, एक्लै सरकारमा जान लाग्यो भन्नेहरुलाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा हामी सरकारमा गएकै छैनौँ । अर्को कुरा गइहाले पनि उहाँहरुलाई लैजानुपर्ने कुनै कारण छैन । प्रदेश नम्बर दुईको चुनावका लागि गरिएको तालमेल सकिइसक्यो ।

संविधान संशोधनको मुद्दा उपेन्द्र यादवको मात्रै होइन, हाम्रो पनि हो भन्ने तर्क राजपाका नेताहरुले गरेका छन् नि ?
आफ्नो मुद्दा र माग सम्बोधनका लागि आफैँ पहल गर्ने हो । हाम्रो मुद्दाका बारेमा हामी छलफलमा छौँ । उहाँहरु को हो र थाहा दिनलाई रु हामी चुनावमा भाग लिदा उहाँहरुले उदण्डता देखाएको होइन । अहिले किन पछिपछि लाग्नुपर्यो रु उदण्डता र उच्छखलता मात्रै राजनीति होइन । उहाँहरुमा अनुसाशन छैन, अराजकता छ । चरम जातिवाद छ । व्यक्तिगत महत्वाकांक्षा बाहेक अरु केही छैन ।

जे भए पनि सरकारमा एकसाथ सहभागि हुँदा भैहाल्थ्यो नि ?
उनीहरु पनि पटकपटक सरकारमा गएको होइन रु माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनीहरु पनि त सरकारमा गएका थिए नि । लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवाको सरकारमा पनि गएका थिए । पहिला आफ्नो अनुहार हेर्नुपर्यो नि ।

भनेपछि अब राजपासँगको सम्बधमा दरार आयो हैन ?
त्यस्तो केही होइन । उहाँहरुसँगको सम्बन्ध दुई नम्बर प्रदेशस्तरीय मात्रै थियो । चुनाव सकिएपछि त्यो सम्बन्ध पनि सकियो ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर सरकार बनाउनुभएको छ । सम्बन्ध टुट्यो भने ?
दुई नम्बर प्रदेशमा दुई दलबिचको सरकार छ । त्यो सम्बन्ध हामी तोड्न चाँहदैनौ । उहाँहरुले उदण्डता प्रस्तुत गर्नुभयो भने जे पनि हुन सक्छ । हामी त सरकारलाई निरन्तरता दिन चाहन्छौँ ।

संविधान संशोधनको मुद्दा त दुवै दलको हो नि ?
उहाँहरुको नीति र हाम्रो नीति मिल्दैन । हामी शासकीय स्वरुप परिवर्तन गर्ने पक्षमा छौँ । उहाँहरु हुनुहुन्न । संविधान संशोधनको विषयमा पनि धेरै कुरा मिल्दैन । तर पनि उहाँहरुलाई लिएर जाने कोसिस रहन्छ । लिएर जाउँला नि पछिपछि ।

तपाई प्रत्यक्ष निर्वाचिन राष्ट्रपतिको पक्षमा हो ?
निश्चित रुपमा । म संसदीय व्यवस्थाको पक्षमा होइन ।त्यसैले राजपासँग अनुहार मात्रै मिल्छ, विचार र सिद्धान्त मिल्दैन ।
संभारःहाम्रो इकोनोमी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.