काठमाण्डौं, १३ माघ / वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा रहेका सङ्घका पदाधिकारीहरु सम्मिलित एक टोलीले बुधवार ऊर्जा मन्त्री जनार्दन शर्मासँग काठमाण्डौमा भेटघाट गरेको छ ।
दिनहुँजसो हुने गरेको नियमित विद्युत् आपूर्तिमा देखिएको समस्या हल गर्नकालागि सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा सहितको टोलीले ऊर्जा मन्त्री जनार्दन शर्मासँग भेटघाट गरेको हो ।
भेटघाटका क्रममा सङ्घका अध्यक्ष शर्माले विद्युत् आपूर्तिको अभावमा लगानी थप्ने अवस्था नरहेको बताए । उनले उर्जा अभावमा उधोग पलायन भएको बताए ।
ऊर्जा मन्त्री शर्माले पर्सा–बारा क्षेत्रको नियमित विद्युत् आपूर्ति समस्या सम्बन्धमा आपूm गम्भीर रहेको बताउँदै पहिलो चरणमा काठमाण्डौंलाई लोडसेडिङ्गमुक्त गरि सकेको र दोस्रो चरणमा पर्सा–बारा क्षेत्रलाई लोडसेडिङ्गमुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए ।
तपाईको प्रतिक्रिया