logo

राजस्व असुलीमा बीरगंज भन्सार लयमा फिर्यो

      1/29/2017 गते 00 00 मा प्रकाशित     1985   पटक पढिएको

बीरगंज १७ माघ । सवारी साधनको आयात बढ्दा भंसार बिभागले लक्ष्य भन्दा बढी राजस्व असुली गरेको छ । सवारी साधनमा ४६ अर्ब ६० करोडको आयात हुँदा ४५ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।भंसार भिागले चालु आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ६८ करोड भन्सार असुलीको लक्ष्य राखेकोमा यो अवधिमा २० अर्ब २१ करोड राजस्व उठेको छ ।

 

राजस्व असुलीमा सवारी साधनको हिस्सा ३७ प्रतिशत छ ।विभागका अनुसार पेट्रोलियम पदार्थको १० प्रतिशत, आइरन र स्टिलको ६ प्रतिशत, इलेक्ट्रोनिक्स सामाग्रीको पाँच प्रतिशत, सिमेन्टमा प्रयोग हुने क्लिङ्करको ४ प्रतिशत, प्लास्टिकका सामाग्रीको ४ प्रतिशत, मेसिनरी सामाग्रीको तीन प्रतिशत र वेभरेजको दुई प्रतिशत राजस्वको हिस्सा छ । नेपालमा मूख्य आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ हो। यो अवधिमा ५७ अर्ब १३ करोड रुपैयाँ बरावरको आयात भएको छ ।यो बस्तुबाट मात्रै १४ अर्ब दुई करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

 

विभागका अनुसार आइरन एण्ड स्टिल ४५ अर्ब ६७ करोड रुपैयाँ बरावरको आयात भएको छ भने त्यसवाट ८ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । भन्सार असुलीमा वीरगञ्जनै अग्रपंक्तिमा आएको छ । गत वर्ष नाकाबन्दीका कारण राजस्व अुसुलीमा भैरहवा भन्सार पहिलो भएपनि यो वर्ष भने बीरगंजले आफ्नो लय समातेको छ । बीरगंज भन्सार यो आर्थिक वर्षको पहिलो ६ महिनामा ८ अर्व ७० करोड राजस्व असुल गरेको छ । यही अवधीमा भैरहवा भन्सारले ४ अर्व ५२ करोड ,बिराटनगरले २ अर्व ६ करोड ,बीरगंज सुख्खा बन्दरगाहले १ अर्व ६२ करोड र काठमाण्डामा रहेको बिमानस्थल भन्सार कार्यालयले १ अर्व ८ करोड भंसार राजस्व असुली गरेको भंसार बिभागले जनाएको छ ।


यो ६ महिनाभित्र कुल ४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ बरावरको आयात भएको छ । अघिल्लो बर्षको यहि अवधिमा २ खर्ब ७७ अर्ब ५७ करोड रुपैयाँ बरावरको आयात भएको थियो । गत वर्षको यो अवधिमा भारतले नाकाबन्दीका कारण सामान आयात कम भएको थियो । यो  अवधिमा ३६ अर्ब २० करोड रुपैयाँ बरावरको सामाग्री निर्यात भएको छ। अघिल्लो बर्ष ३१ अर्ब ५० करोड रुपैयाँ बरावरको सामाग्री निर्यात भएको थियो। यो अघिल्लो बर्षको तुलनामा १४ दशमलब ८९ प्रतिशतले धेरै हो ।  देशको कुल व्यापारमा आयात ९२ दशमलब ८ प्रतिशत र निर्यात ७ दशमलब २ प्रतिशत रहेको छ । त्यसैले व्यापार घाटा भने बढेर ३ खर्ब ५२ अर्ब पुगेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.