logo

एक करोड भन्दा बढी राजस्व संकलन

      1/29/2017 गते 00 00 मा प्रकाशित     1757   पटक पढिएको

वीरगञ्ज, १६ माघ । सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । आ.व. २०७३/७४ को साउनदेखि पौषसम्मको छ महिनाको अवधिमा कार्यालयले २० हजार ६ सय ५० सवारी साधान सञ्चालकलाई गरेको कारवाहीमा सो रकम सङ्कलन भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक रवीन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले चालु आ.व.मा सबैभन्दा बढी ट्रकचालक कारवाहीको दायरमा आएको बताए ।

ट्रकचालकले वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएको तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको निरीक्षक भट्टले जानकारी दिनुभयो । चालु आवको ६ महिनामा ऐन उल्लङ्घन गरेका ११ हजार आठ सय चार ट्रक, आठ सय बस, सात सय ३५ जिप/कार/भ्यान, एक हजार दुई सय ४६ ट्याक्टर, चार हजार सात सय ८८ मोटरसाइकल र एक हजार दुई सय ७७ टेम्पो चालकलाई पनि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउने आठ सय ३९ चालकलाई कारवाही गरिएको छ । चालु आवको ६ महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के जाँचमा मादकपदार्थ सेवन गरेका उक्त संख्याका सवारीचालक कारवाहीमा परेको निरीक्षक भट्टले बताउनुभयो । मदिरा सेवन गरी वाहन चलाउने चालकलाई कारवाही गर्दा छ महिनामा रु आठ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.