logo

नेपाल ग्यासद्वारा ६ सय ७९ सिलिण्डर नष्ट

      2/7/2017 गते 00 00 मा प्रकाशित     1211   पटक पढिएको

माघ २५ - नेपाल ग्यास उद्योग प्रालिले जोखिमपूर्ण अवस्थामा रहेका ६ सय ६९ खाना पकाउने ग्यास सिलिण्डर नष्ट गरेको छ । कम्पनीले दुई दशक बढी पुराना सिलिन्डहरु सन्चारमाध्यम र उपभोक्ताकर्मीको रोहवरमा मगलबार नष्ट गरेको हो ।

 

‘सुरक्षाको दृष्टिगत गरी समय/समयमा पुरानो तथा प्रयोग गर्न नमिल्ने सिलिण्डर छनोट गर्छौ । कुच्चिएको, रिङ फुटेको, ग्यास लिक हुने सिलिन्डर नष्ट गर्छौ,’ कम्पनीका प्रबन्धक राजेन्द्र दंगालले भने । कम्पनीका अनुसार हाइड्रोलिक परीक्षण गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेकाले ती सिलिन्डरहरु नष्ट गरिएको हो । 


हाल मुलुकभरी ५३ एलपी ग्यास उद्योग छन । तर, ग्यास उद्योगीहरुले समयमै हाइड्रोलिङ/हाइड्रो स्टाटिक टेस्ट लगायत परीक्षण नगर्दा जोखिम बढ्दै गएको जानकारहरु बताउँछन । हाइड्रोलिङ/हाइड्रो स्टाटिक परीक्षण हावा र पानीको प्रेसरबाट गरिन्छ । रिफिल भएको सिलिन्डर पानीमा डुवाइन्छ । त्यसलाई डिप टेस्ट पनि भनिन्छ । डिप टेस्ट गर्दा लिकेज भएको अवस्थामा फोकाहरु निस्कन्छ । नियम अनुसार ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलोपटक हाइड्रोलिक टेस्ट गर्नुपर्छ ।

 

त्यसपछि प्रत्येक पाँच/पाँच वर्षमा टेस्ट गर्नुपर्छ । गुणस्तर तथा नापतौल विभाग रोहवरमा टेस्ट गर्नुपर्ने प्रावधान छ । आयल निगमले ग्यासको प्रमाणित गर्छ ।  तर अधिकांश उद्योगले त्यसो नगरेको निगमका अधिकारीहरु बताउँछनहाईड्रोलिक परीक्षण गर्ने मेसिन सबै उद्योगमा भएपनि समय/समयमा परीक्षण हुने गरेको छैन । नेपालमा रहेका ग्यास उद्योगहरुमा करिब ७८ लाख सिलिन्डर छन । तर, हालसम्म जम्मा २३ हजार ३ सय १९ सिलिन्डर नष्ट भएको निगमले जनाएको छ ।

 

साभार: इकान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.