logo

शेयर खरिद बिक्री वीरगन्जबाटै !

      4/6/2017 गते 00 00 मा प्रकाशित     1592   पटक पढिएको

 

वीरगन्ज-आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा बिक्रीबार शेयर खरिद बिक्री केन्द्र सञ्चालनमा आएको छ । शेयरधनीले अब वीरगन्जबाटै शेयर कारोबार गर्न सक्ने छन् । प्राइमो सेक्युरिटिज कम्पनी प्रालिले यहाको घडिअर्वामा शेयर खरिद बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा र संघका सदस्य तथा युवा व्यवसायी नवनीत अग्रवालले एक कार्याक्रमका वीच बिहीबार विहान शेयर खरिद बिक्री केन्द्रको उद्घाटन गरेका थिए । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत रहेको कम्पनीका प्रबन्ध निर्देशक मेघनाथ उपाध्यायले जनाकारी दिए ।

 

‘शेयरधनीले खरिद गरेको शेयर चार दिन भित्रै बिक्री गर्न सक्ने छन्,’ स्टक ब्रोकर नम्बर १६ रहेका उपाध्यायले भने, ‘अब मात्र फोनका आधारमा कारोबार गर्ने दिन गए, वीरगन्जका शेयरधनीले आफ्नो सामुन्ने शेयर कारोबार गर्न पाउने छन् ।’ संघका सदस्य नवनीत अग्रवालले वीरगन्जमा शेयर खरिद बिक्री केन्द्रको स्थापनाले शेयरधनीलाई धरै सहज हुने बताए । पछिल्लो समय शेयर कारोबारमा उद्योगी, व्यवसायी मात्र नभई सर्वसाधारणको समेत आकर्षण बढ्दो छ । आफ्नो सामुन्ने कारोबार गर्न पाउदा शेयरधनी ठगिने सम्भावना कम हुने संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए । शर्माले बिहीबारै कम्प्युटरमा लग अन गरी शेयर कारोबारको सुरुवात गरेका थिए ।

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.