logo

मूल्य नपाएपछि उत्पादित अलैँची घरमै थन्क्याउन बाध्य

      5/27/2017 गते 00 00 मा प्रकाशित     1204   पटक पढिएको

पर्वत, १३ जेठ । अघिल्लो वर्षको तुलनामा यो वर्ष अलैँचीको मूल्य करिब आधाले घटेपछि पर्वत जिल्लाको भोक्सिङका किसानले उत्पादन गरेको अलैँची बिक्री गर्न सकेका छैनन् ।


गतवर्ष प्रतिकिलो रु दुई हजार ८०० मा बिक्री भएको अलैँची यो वर्ष एक हजार ४०० मा पनि बिक्री नभएपछि २५ जना पूर्व लाहुरेले सहकारीमार्फत उत्पादन गरेको अलैँची बिक्री नभएर थन्किएको छ ।


पोखराका व्यापारीले अलैँची ल्याइदिन आग्रह गरेपनि पोखरा पु¥याउँदा मूल्य नै घटेको सहकारी संस्थाका सदस्य नारायण गुरुङले बताउनुभयो । अघिल्लो वर्ष व्यापारीले फोनमार्फत सम्पर्क गरेर गाउ“मै आउने बताए पनि यसवर्ष पोखरा पु¥याउँदा समेत बजार नपाएको उहाँको गुनासो थियो ।


सम्पर्कमा आएका व्यापारीले प्रतिकिलो बढीमा एक हजार ४०० भन्दा बढी दिन नमानेपछि किसानले बिक्री नगर्ने सोच बनाएका छन् । पा“चसय रोपनीमा रोपेको अलैँचीले आगामी वर्ष १५ टनसम्म उत्पादन दिने आशा राखिएको छ । यो वर्षको उत्पादन बिक्री गर्न नपाउ“दा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएको किसानले बताएका छन् ।


सहकारीमार्फत सञ्चालित अलैँची फार्ममा १० जना कार्यरत छन् । कात्तिक÷मङ्सिरमा बिक्री हुनुपर्ने अलैँची वैशाखसम्म पनि बिक्री नभएपछि अब आउँदो याममै बिक्री गर्ने मनस्थिति बनाएको सहकारीका सचिव वीरजङ्ग गुरुङले बताउनुभयो । अर्को वर्ष उत्पादन पनि बढ्ने भएकाले अब एकैपटक बिक्री गर्ने योजना किसानले बनाएका छन् ।


पाचसय रोपनीमा अलैँची रोपेको सहकारीले यो वर्ष एक लाख बिरुवा थप्ने तयारी गरिरहेको छ । भोक्सिङका पूर्व लाहुरेले दुई करोडको लगानीमा स्थानीय लोसेपाखामा अलैँचीको व्यावसायिक खेती गरेका छन् । रामशाही र गोलशाही जातको अलैँंचीबाट राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरुले आगामी वर्ष दुई हजार रोपनी पु¥याउने लक्ष्य राखेका छन् ।


यो वर्ष एक लाख बिरुवा रोप्न तयार रहेको भन्दै उहाँले थप बढाएर रोप्ने योजना रहेको बताउनुभयो । जिल्ला कृषि विकास कार्यालय पर्वतले भोक्सिङलाई अलैंँचीको ब्लकका रुपमा विकास गर्ने तयारी गरेकाले आगामी वर्षसम्म एकसय हेक्टरमा विस्तार गर्ने गरी सघाउने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो । प्रधानमन्त्री आधुनिकीकरण परियोजनामा आगामी वर्ष अलैँचीलाई समेट्ने तयारी रहेको रेग्मीको भनाइ छ ।


त्यसका लागि दुई हजार रोपनीसम्म विस्तार गर्नुपर्ने हुन्छ । बिरुवा आवश्यक परे कृषि कार्यालयले अन्य जिल्लाबाट ल्याउने तयारी गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.