logo

बीरगंज भन्सारमा जेठमा लक्ष्यभन्दा बढी राजस्व असुली

      6/21/2018 गते 00 00 मा प्रकाशित     1286   पटक पढिएको

बीरगंज ७ असार । 
देशकै प्रमुख स्थल नाका वीरगन्जमा रहेको वीरगन्ज भन्सार कार्यालय , साता महिना पछि लक्ष्य अनुसारको भन्सार राजश्व संकलन गर्न सफल भएको छ ।

 

गत जेठ महिनामा भन्सार विभागले १२ अर्ब नौ करोड ५३ लाख १८ हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले १४ अर्ब ६२ करोड ८६ हजार रुपैया राजश्व संकलन गरेको हो ।


गत जेठ महिनामा नयाँ सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको आयतमा बृद्धि भएपछि राजश्व असुलीमा सुधार हुदै लक्ष्य भन्दा बढि राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताए  । त्यसैगरि  गत जेठमा नया बजेट सार्वजनिक भएपछि करको दर तथा दायरा दुवै बृद्धि भएको कारण पनि यस्ले राजश्व असुलीमा बढोतरी भएको उनको भनाई छ  । 


यस अघि बीरगंज भन्सार कार्यालय लगातार सात महिना देखि लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको थियो वीरगन्ज भन्सार कार्यालयले गत जेठ महिनामा भने लक्ष्य भन्दा २० प्रतिशत बढि नै राजश्व संकलन गरेको हो । वीरगन्ज भन्सार कार्यालय, चालु अर्थिक वर्ष २०७४/०७५ को कात्तिक देखि बैशाख सम्म लागतार सात महिना लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको थियो ।

 गएको  बैशाख चैत फागुन  र माघ  बीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको ९० प्रतिशत मात्रै राजश्व संकलन गरेको थियो ।

 

 पुषमा भने वीरगन्ज भन्सार कार्यालयले सबै भन्दा कम राजश्व संकलन गरेको थियो । भन्सार विभागले गत पुष महिनामा १० अर्ब ७५ करोड १३ लाख ९४ हजार रुपैयाँको लक्ष्य दिएकोमा भन्सार कार्यालयले लक्ष्य भन्दा एक अर्ब ३४ करोड ७५ लाख ४९ हजार कम राजश्व संकलन गरेको थियो ।

 

चालु आर्थिक वर्ष २०७४÷०७५ को मंसिर महिनामा पनि वीरगन्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्य भन्दा करिब ६१ करोड रुपैयाँ कम राजस्व संकलन गरेको थियो । गत कात्तिक महिनामा पनि वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा ३५ करोड ९९ लाख ८९ हजार रुपैया कम राजश्व संकलन गरेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.