logo

भंसार राजस्व संकलनमा लक्ष्य प्राप्त गर्न बीरगंज भन्सार असफल 

      7/19/2018 गते 00 00 मा प्रकाशित     1906   पटक पढिएको

बीरगंज ३ साउन ।
नेपालको प्रमुख स्थल भन्सार नाका बीरगंज गत वर्षको राजस्व संकलनको लक्ष्य हालि गर्न असफल भएको छ । बीरगंज भन्सार कार्यालयले जम्मा ९७.४८ प्रतिशत राजस्व हासिल ग¥यो । यति राजस्व हासिल गर्न पनि कम्ता हम्मे परेको थिएन  बीरगंज भन्सार कार्यालयलाई ।

 

 त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलपछिको दोश्रो राजस्व संकलन हुने वीरगन्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७३।०७४ मा भन्दा कम राजस्व संकलन गरेको हो ।
वीरगन्ज भन्सार कार्यालयले ०७४।०७५ मा १ खर्ब ३१ अर्ब ३१ लाख सात हजार रुपैयाँमात्रै राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई आर्थिक बर्ष ०७४।०७५ मा  १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार लक्ष्य दिएको थियो । विभागले दिएको लक्ष्यको ९७.४८ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । 


वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार अन्तशुल्कमा भने लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । अन्तःशुल्कमा भन्सार कार्यालयले १२४.८१ प्रतिशत अर्थात २२ अर्ब ९३ करोड, १० लाख ९३ हजार राजस्व संकलन गरेको हो ।

 

भन्सार विभागले अन्तःशुल्कमा १८ अर्ब ३७ करोड ३२ लाख ६३ हजार लक्ष्य दिएको थियो । बाँकी भन्सार महशुल र मूल्य अभिवृद्धि करमा भने लक्ष्य भन्दा कम राजस्व असुली भएको छ । 


भन्सार महशुलतर्फ ८३.९३ प्रतिशत अर्थात ५६ अर्ब, ६३ करोड, ३० लाख ६९ हजार लक्ष्य दिएकोमा ४७ अर्ब ५३ करोड, ११ हजार मात्रै राजस्व संकलन भएको छ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ५६ अर्ब ६३ करोड १५ लाख तीन हजार ८७.३७ प्रतिशत राजस्व संकलन भएको छ ।

 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार भन्सार विभागले असार महिनाका लागि तोकेको राजस्व असुली लक्ष्य प्राप्त गर्न कार्यालय सफल भएको छ ।

 

असार महिनामा १३ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा १३ अर्ब ४३ करोड ९२ लाख ४३ हजार लक्ष्य रहेकोमा १३ अर्ब ८४ करोड ११ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको यादवले बताए । 

 


असार महिनामा नयाँ सवारी साधनको बढी आयात हुनु, इन्धनको नियमित आयात, ड्राइफ्रुटस र कस्मेटिक वस्तुहरुमा अन्तःशुल्कमा भएको वृद्धि लगायतका कारणले रजस्व असुली उत्साहजनक रहेको उनले बताए ।

 

नयाँ सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको आयातबाट यो भन्सारले बढी राजस्व संकलन गर्दै आएको छ । संकलित राजस्वमध्ये इन्धन र नयाँ सवारी साधनको मात्र झन्डै आधा जसो योगदान हुन्छ ।

 

बाँकी राजस्व अन्यवस्तुबाट संकलन हुदै आएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले गतबर्षको बाढी, क्लिंकर आयातमा देखिएको अवरोध तथा दुईतहको निर्वाचनले पनि भन्सार राजस्व संकलनमा प्रभाव परेको बताए ।

 

गतबर्ष आएको बाढीले १५।२० दिन नाका अवरुद्ध भएको, मंसिर महिनाभरी क्लिंकर आयात ठप्प हुनु र दुईवटा निर्वाचनको समयमा ७२ घण्टाको दरले ६ दिन नाकाबन्द हुँदा राजस्व असुलीमा प्रभाव परेको बताए ।


बीरगंज भन्सार प्रमुखले दिएको तर्कमा दम नदेखिने भन्सार मामलाका बिज्ञहरुको टिप्पणी छ ।

 

पारी रक्सौलमा आएको सामान बीरगंज जति दिन बन्द भएपनि त्यो एक दिन भन्सार हुदै आउने भएकोले राजस्व संकलनमा त्यती धेरै कमी आउने तर्क बैज्ञानिक नहुने उनीहरुको तर्क छ । बरु अनधिकृत कारोवारको बढोत्तरीका कारण राजस्व संकलन कमी भएको उनीहरुको दावी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.