logo

अशोक लिल्याण्डको दोस्त प्लस वीरगन्जमा सार्वजनिक

      1/16/2019 गते 00 00 मा प्रकाशित     2101   पटक पढिएको


वीरगन्ज, ३ माघ । भारतीय सवारी साधन निर्माण कम्पनी अशोक लिल्याण्डको हलुका सवारी साधन दोस्त प्लस वीरगन्जमा बुधबार सार्वजनिक गरेको छ ।

थोरै परिमाणको सामान ओसार पसार गर्नका लागि उपयुक्त लाईट कमर्सियल भेईकल (एलसीभी) को नयाँ मोडेलको नेपाल यातायात व्यवसायी महासंघका प्रदेश नम्बर २ का अध्यक्ष जगरनाथ प्रसाद कलवार र अशोक लिल्याण्ड कम्पनीका सर्भिस हेड एवं उत्पादन प्रमुख तथा नेपाल प्रतिनिधि विप्लव पउलले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

नेपालमा भएका हलुका सवारी साधनहरु मध्य अहिले आएको यो दोस्त प्लस अन्यको दाँजोमा सबैभन्दा बढी भारवहन क्षमता भएको सवारी साधन रहेको सवारी साधन रहेको एलसीभी प्रोडक्ट इन्चार्ज प्रभात विक्रम विष्टले दावी गरे ।

१५ इन्च टायरको आकार रहेको दोस्त प्लस पहिलो पटक खरिद गर्ने ग्राहकहरुको लागि दुईबर्ष ६ महिना सम्म वा एक लाख किलोमिटर सम्मको समयावधीमा मर्मतमा लाग्ने सम्पूर्ण खर्च निःशुल्क साथै क्यासलेस इन्स्युरेन्सको व्यवस्था पनि भएको आईएमई अटोमोबाईल्सका वीरगन्ज शाखाका प्रमुख बाबुराम शर्माले जानकारी दिए ।

६० हर्जपावरको इञ्जिन क्षमता रहेको दोस्त प्लसमा झण्डै १४ क्वीण्टल सम्म लोड बोक्न सक्ने र यसको बजार मूल्य २० लाख ४० हजार रहेको छ । दोस्त प्लस हलुका सवारी साधन खरिद गर्ने ग्राहकहरुलाई सर्भिस र स्पेयर्स पार्ट्सको कुनै चिन्ता नहने पनि उनले विश्वास दिलाए । दोस्त प्लस सार्वजनिक गरेकै दिन वीरगन्जबाट तीनवटा गाडी बुकिङ भएको र एउटा विक्री भएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.