logo

प्रदूषण नियन्त्रण युनिट जडानपछि सीमराको युनिटेक खुल्यो  

      1/20/2019 गते 00 00 मा प्रकाशित     1192   पटक पढिएको

माघ ७, वीरगञ्ज । प्रदुषण नियन्त्रण युनिट जडान गरेपछि डेढमहिनादेखि बन्द रहेको युनिटेक सिमेण्ट प्रालि शुक्रबारदेखि पुनः संचालनमा आएको छ ।

 

२०६४ सालमा जितपुर–सिमरा उपमहानगरपालिकाको बजनीमा क्लिंकर उद्योग खुल्ने समयमा कुनै मानववस्ती नभएपनि उक्त स्थानमा उद्योग स्थापना भएपछि विस्तारै मावनवस्तीको विकास हुन गई उद्योगलाई नै उत्पादनमा समस्यामा भएको छ ।

 

३० करोड रुपैयाँ लगानी पुगिसकेको उद्योगमा डेढमहिना अघि स्थानीयबासिन्दाको विरोधपछि उत्पादन बन्द भएको थियो । उद्योगको धूलोले वायु प्रदूषण भई स्थानीयको स्वास्थ्यमा असर परेको भन्दै कोरिडोरका सिमेण्ट उद्योगहरुका लागि आवश्यक क्लिंकर उत्पादन गर्ने एकमात्र उद्योगले वायु प्रदुषण फैलाएको भन्दै स्थानीयले गत मंसिर २३ गते उद्योग बन्द गराएका थिए ।

 

जितपुर–सिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेललगायतका जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मीलगायतले उद्योगमा जडान गरिएको प्रदुषण नियन्त्रण युनिटको स्थलगत अवलोकन पश्चात उद्योग संचालन गर्न स्थानीय पनि सहमत भएका हुन् ।

 

प्रदूषण नियन्त्रण गर्ने मेशिन जडान गरेपछि अहिले उद्योग सञ्चालन हुँदा प्रदुषण नदेखिएको स्थानीयले बताए । यद्यपि उद्योगले प्रदुषण गरे/नगरेको हेर्न स्थानीयले एक हप्ताको समय मागेका छन् । नगर प्रमुख पौडेलले उद्योगले जडान गरेको प्रविधिबाट सुधार देखिएको र प्रदुषण नियन्त्रणको उपायले निरन्तरता पाउनुपर्ने उनको भनाई छ ।

 

यसअघि स्थानीयलको प्रदर्शनपछि मेयर पौडेलकै उपस्थितिमा स्थानीयले एउटै परिसरमा रहेको युनिटेकसहित शालिमार सिमेण्टमा ताला लगाइदिएका थिए । उद्योग व्यवस्थापन र स्थानीयबीच शालिमार सिमेण्ट सञ्चालन गर्न दिने सहमति भए पनि युनिटेक भने संचालन गर्न दिएका थिएनन् । युनिटेकले वायु प्रदुषण फैलाएर स्थानीयको स्थास्थ्य र खेतिपातीमा प्रतिकूल असर पारेको आरोप स्थानीयले लगाएका थिए ।

 

उद्योगका सञ्चालक अशोककुमार वैदले ६ करोड रुपैयाँको लागतमा चिनियाँ प्रविधिमा आधारित प्रदूषण नियन्त्रण गर्ने डक्टिङ सिस्टम जडान गरिएको जानकारी दिए । यो प्रविधिले क्लिंकर उत्पादन गर्दा उड्ने धुलालाई सोसेर वायुमण्डलमा वाफमात्र निस्कासन गर्ने वैदले बताए ।

 

डेढ महीना उद्योग बन्द हुँदा कम्पनीलाई १ करोड रुपैयाँ र सरकारलाई साढे २ करोड रुपैयाँ राजस्व घाटा भएको दाबी उनको छ । उद्योग स्थापना गर्दा वरपरमानव वस्ती नभएपनि विस्तारै उद्योग वरिपरि मानव वस्तीको विकास हुदै जाँदा उद्योगलाई नै समस्या हुने गरेको उद्योगीहरुको गुनासो छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.