logo

एक अर्व लगानीको दियालो लडर्स प्लाजा पूर्व प्रमद्वारा उद्धघाटन

      2/20/2019 गते 00 00 मा प्रकाशित     1467   पटक पढिएको

बीरगंज ८ फाल्गुण । 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमंत्री शेर बहादुर देउवाले ०४८ सालमा आफनै पार्टीले उदारीकरणको नीति ल्याएर मुलुकको बिकास र समृद्धिको बाटोे खोलेको बताउनु भएको छ ।

बीरगंजमा १ अर्वको लागतमा निर्माण भएको होटेल दियालो लडर्स प्लाजाको बुधवार एक बिशेष समारोहमा  उद्धघाटन गर्दै पूर्व प्रम देउवाले सरकारले आफै सबै काम गर्ने होइन भन्दै निजी क्षेत्रलाई आर्थिक बिकासको अभियानमा महत्वपूर्ण अवसर दिनु पर्ने बताउनु भयो ।

बीरगंज नेपालको महत्पूर्ण स्थान भएको र बीरगंजमा भित्रिएको लागनीले अर्थ राख्ने उहाँले बताउनु भयो । उहाँले एक फरक प्रसंगमा प्रदेश ३ का मुख्यमंत्रीलाई आफूहरु सरकारमा बस्ने अनि सबै कांग्रेसले गरिदिनु प¥यो भनेर भन्न नमिल्ने बताउनु भयो ।

मुख्यमंत्री लालबाबु राउतले कार्यक्रममा नेपाली कांग्रेसले पतिपक्षीय भूमिका निर्वाह गरेर आन्तरिक सुरक्षा र संघीय प्रहरी ऐन सम्बन्धी भएका ब्यवस्था खारेज गराउन माग गर्नु भएको थियो ।

बीरगंजमा १ अर्वको लागतमा निर्माणको भएको होटेलमा स्वीमीङ पूल आधुनिक सभाहलहरु रेष्टुरन्ट ६० वटा कोठा रहेको होटेलका संचालक सम्बिधान सभाका सदस्य उधोगपति अनिल रुङगटाले बताउनु भयो । 


अनिल रुङ्गटाको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा २ नं. प्रदेशका मुख्यमंत्री लालबाबु राउत गदी , नेपाली काग्रेसका सह(महामनत्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल, फरमुल्लाह असारी, प्रदीप गिरि,अजय कुमार चौरसिया  नेपाली काग्रेस पर्साका सभापती अजय द्धिवेदीलगायतको उपस्थिति रहेको थियो ।

 

होटल संचालनको लागि तयारी अवस्थामा रहेको भएपनि मई देखी होटेल संचालनमा आउने  संचालक अनिल रुङगटाले वताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.