logo

होङ्सी शिवम् सिमेन्ट दण्डीत लाइसेन्स खारेज गर्ने चेतावनी

      7/6/2019 गते 00 00 मा प्रकाशित     1405   पटक पढिएको

काठमाडौँ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, एशियन थाई फुड प्रालिलाई कारवाही गरेको हो ।

मेगा सिमेन्ट झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, सुगा म्यानुफ्याक्चर, गोल्डेन ब्याट्री, गोरखकाली सिमेन्ट झापा, अन्नपूर्ण सिमेन्ट मोरङ, मारुती सिमेन्ट, ओम सिमेन्ट, जस्मिन पेन्टस् चितवन, नेपाल शालिमार सिमेन्ट, पशुपति पेन्टस्, अम्बे सिमेन्ट कारवाहीमा परेका छन् । यस्तै, शिखर केवल, प्रिमियर केवल, एभरेष्ट रोलिङ मिल्स, शिवशक्ति घ्यू उद्योग, जगदम्बा स्टिल, कमला रोलिङ मिल्स, लक्ष्मी स्टिल, नेपाल अम्बुजा सिमेन्ट, एशियन थाइफुड, युनिट वायर एण्ड केवल, मित्तल सिमेन्टलगायतलाई पनि कारवाही गरेको छ ।


विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । “कारवाही गरिएका अधिकांश उद्योगको इजाजतपत्र स्थगन गरिएको तथा उत्पादित वस्तु बिक्री वितरण रोकिएको छ”, उनले भने ।


कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको उल्लेख गर्दै महानिर्देशक पुडासैनीले गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने बताए  ।

विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित झण्डै ४०० प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ । विभागको टोली उद्योगमा गएर अनुगमन गर्ने तथा केहीलाई बजारमा अनुगमन गरेर मापदण्डविपरीत उत्पादन भएको भेटिएमा कारबाही गर्ने गरेको महानिर्देशक पुडासैनीले बता ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.