logo

बीरगंजका दुबै भन्सार कार्यालय राजस्व असुलीको लक्ष्यमा फेल

      7/19/2019 गते 00 00 मा प्रकाशित     1441   पटक पढिएको

वीरगञ्ज ३ असार ।बीरगंज भन्सारको राजस्व असुली गत आर्थिक वर्षमा लक्ष्य भन्दा १९ प्रतीशतले कमी भएको छ । त्यसैगरि बीरगंजमा रहेको सुख्खा बन्दरगाह भन्सारको राजस्व असुली पनि लक्ष्य भन्दा कमै रहेको छ ।
राजश्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७५र७६ मा रु एक खर्ब ७१ अर्ब ५८ लाख ४६ हजार राजश्व असुली गर्ने लक्ष्य दिएकामा सो कार्यालयले लक्ष्यको तुलनामा १९ प्रतिशत कम अर्थात् रु २४ अर्ब सात करोड ४४ लाख कम राजश्व उठाएको छ ।

त्यसैगरि  सुक्खा बन्दरगाहले पनि तोकिएको लक्ष्य भेट्टाउन सकेको छैन । आर्थिक वर्ष २०७५र७६ मा सङ्घीय सरकारले  ३६ अर्ब नौ करोड ३२ लाख दुई हजार लक्ष्य दिएकामा लक्ष्यभन्दा  तीन अर्ब ८४ करोड १८ लाख ५३ हजार कम राजश्व उठाएको छ ।

मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले यस पटक लक्ष्य प्राप्त गर्न सकेन । 
भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने जीप, कार, भ्यान, मोटरसाइकल, सिमेन्टको कच्चा पदार्थ क्लीङ्कर, मरिच, दूध, प्याटी एसिड, गाडीको चेसिस, जिंक फुड, पेपर, जिप्सन, ग्रेनुलेंटेड, स्केललगायतका सामानमा कमी आएकाले राजस्व संकल प्रभावित भएको कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले सङ्घीय सरकारले दिएको लक्ष्य भेट्टाउन नसक्नुका पछाडि  भारतमा सम्पन्न लोकसभा निर्वाचनको समयमा भारतबाट उल्लेखनीय रुपमा सामान आयात नहुनु, नेपालमा राष्ट्रिय गौरवको आयोजना द्रुतगतिमा निर्माण नहुनु, आर्थिक वर्षको अन्ततिर बाढी आउनु, बैंक तथा वित्तीय संस्थाले पहिले जस्तो सवारी साधन खरीदमा लगानी नगर्नु जस्ता कारण रहेको बताए ।

अघिल्लो आर्थिक वर्ष २०७४र७५ मा सङ्घीय सरकारले रु एक खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजार राजश्व उठाउने लक्ष्य दिएकामा वीरगञ्ज भन्सार कार्यालयले ९७ प्रतिशत लक्ष्य हासिल गरी कूल रु एक खर्ब ३१ अर्ब ३१ लाख १७ हजार राजश्व उठाएको थियो । जुन लक्ष्यभन्दा रु तीन अर्ब ३८ करोड ९३ लाख आठ हजार कम राजश्व उठेको थियो ।

राजश्व उठ्ने प्रमुख वस्तुमध्ये आर्थिक वर्ष २०७५र७६ मा डिजेल, पेट्रोल, सुर्ती, एलपी ग्यास, पाम काँचो तेल, सूर्यमुखी काँचो तेल, पेट्रोलियम पदार्थ, बिटुमिन, गाडीको पार्टपूर्जा, इञ्जिन आयल, भटमासको कच्चा तेल, शृङ्गारको समान, एचआरपी, घरायसी रेफ्रिजेटर, एयर कन्डिसनर मेसिन, फलामको संरचनाको आयातले राजश्व वृद्धि हुने भए पनि उक्त सामानको आयात कम मात्रामा भएकाले लक्ष्यअनुरुपको राजश्व उठन नसकेको सूचना अधिकारी मनिषकुमार महतोले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.