logo

अन्तशुल्क हिनामिना गरेकाहरु कारागार पुगे लगतै अव भ्याट छल्नेको पालो

      9/18/2019 गते 00 00 मा प्रकाशित     1215   पटक पढिएको

बीरगंज १ असोज ।  अन्तःशुल्कको स्टिकर हिनामिना गरेर दोषी ठहर भई माग गरेको धरौटी बुझाउन नसक्दा दुईजना उद्योगी कारागार चलान भएको हप्ता बितेको छ ।

 

अव मूल्यअभिबृद्धि कर (भ्याट) छलीको आरोपमा अन्य एक जना ब्यापारी पनि कारगारको हावा खान जाने भएका छन । 
कारोवार गरेर नक्कली भ्याट बिल बनाई भ्याट छली गरेकोले ति ब्यापारी कारागार जाने भएका हुन ।

 

उनले लाखौ रुपैया भ्याट छलेका छन स्रोतल े भन्छ धरौटी रकम राख्ने सक्ने अवस्था नरहेकोले उनी पनि भ्याट छलीमा कारागार जाने निश्ति छ । उनी कारागार  गए भने भ्याट छलेकै कारण ब्यवसायी कारागार गएको पहिलो घटना बीरगंजमा हुनेछ ।

 
लामो समय देखी कारोवार गर्दै आएपनि भ्याट नतिर्ने र नक्कली भ्याटवील पेश गरेर राजस्व नै मार्ने काम गर्दै आएका ति ब्यवसायीले “सेटीङ”कालागि पनि अनेक प्रयास गरे  । तर उनले त्यसमा पनि सफलता पाउन सकेनन । 
 
गएको साता उदयपुर डिष्टिलरी प्रालिका संचालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिष्टिलरीका संचालक शम्भुशरण कलवार आन्तरिक राजस्व कार्यालय बीरगंजले तोकेको ११ करोड ६५ लाख नौ हजार एकसय ३२ रुपैंया धरौटी रकम बुझाउन नसक्दा  कारागार चलान भएका हुन ।

 

वीरगन्जको रामगढवामा रहेको उदयपुर डिष्टिलरी प्रालिले २०७१र०७२ देखि २०७५र०७६ सम्म ३६ लाख ६९ हजार ७ सय ४२ थान अन्तःशुल्कको स्टिकर लगेर उत्पादनमा खपत भएको कागजमा देखाएपनि स्थलगत रुपमा गरिएको भौतिक परिक्षणमा खर्च नगरी हिनामिना गरेको पाईएको हो  ।


आन्तरिक राजस्व कार्यालय वीरगन्जले करोडौ रुपैया धरौटी माग गरी बुझाउन नसकेकालाई कारागार चलान गरेको पहिलो घटना हो । यसअघि नक्कली अन्तःशुल्क प्रकरणमा ५४ करोड हिनामिनामा ८ जना कारवाहीमा परेका थिए ।

 

कार्यालय प्रमुख कोईरालाले भने, “सक्कली अन्तःशुल्क नै हिनामिना गरेर यति धेरै विगो धरौटी स्वरुप बुझाउनु पर्ने घटना सम्भवतः वीरगन्जको पहिलो हो । यसअघि ५४ करोड हिनामिनामा नक्कली स्टिकरमा धेरैजना कारवाहीमा परेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.