logo

कोरोना नियन्त्रण तथा उपचारलागि सरकारले बनाएको कोष झण्डै दुई अर्व संकलन

      4/12/2020 गते 00 00 मा प्रकाशित     948   पटक पढिएको

बीरगंज १ बैशाख ।  सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म १ अर्ब ९८ करोड ६७ लाख ७६ हजार ७ सय ६० रुपैयाँ २ पैसा जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार मात्र कोषमा ४ करोड ७८ लाख १२ हजार १ सय ७९ रुपैयाँ ७६ पैसा जम्मा भएको छ।


आइतवार कोषमा पूर्व युवराज्ञी हिमानी शाहको हिमानी ट्रष्टले  २ करोड रुपैयाँ प्रदान गरेको छ। त्यसैगरि  जनक शिक्ष सामाग्रि केन्द्र लिमिटेडले ५१ लाख रुपैयाँ, सूर्य लाईफ इन्सुरेन्सले ७ लाख ५० हजार रुपैयाँ, ज्योती लाइफ इन्सुरेन्सले ७ लाख ५० हजार रुपैयाँ, सिटिजन लाइनफ इन्सुरेन्सले साढे ७ लाख रुपैयाँ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ७ लाख १६ हजार १ सय ३७ हजार रुपैयाँ जम्मा गरेका थिए।

केन्द्रिय तथ्यांक विभागले ६ लाख ९० हजार ३ सय १० रुपैयाँ, कमलामाई नगरपालिकाले ४ लाख ८३ हजार ६६ रुपैयाँ, नेपाल दुरसंचारका कर्मचारीले ४ लाख ५६ हजार ४१ रुपैयाँ १५ पैसा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख ३६ हजार ३ सय ५७ रुपैयाँ, भक्तपुर जिल्ला अदालतले ३ लाख ६ हजार ९ सय ३८ रुपैयाँ, वनस्पती विभागले ३ लाख ४ हजार ६ सय ४२ रुपैयाँ आइतबार नै कोषमा जम्मा गरेका थिए।

आइतबार जिल्ला हुलाक कार्यालयले २ लाख ५६ हजार १ सय ५१ रुपैयाँ, जल तथा उर्जा आयोगलको सचिवालयले २ लाख १७ हजार ७ सय ९० रुपैयाँ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले २ लाख १ हजार रुपैयाँ, उच्च अदालत विराटनगरले १ लाख ७९ हजार २ सय ८९ रुपैयाँ, मेची भन्सार कार्यालय काकडभिट्टाले १ लाख ७१ हजार १ सय ४७ रुपैयाँ, प्रदेश नं।५ प्रदेश प्रमुखको कार्यालयले १ लाख ५७ हजार २ सय १२ रुपैयाँ, अख्तियार दुरुपयोगले १ लाख ४९ हजार ८ सय ९२ रुपैयाँ कोषमा जम्मा गरेका थिए।

विद्युत उत्पादन कम्पनीले १ लाख २० हजार २८ रुपैयाँ, कपिलवस्तु वनपैदावर उद्योगले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, सडक डिभिजन कार्यालय दमकले १ लाख ७ हजार ३ सय रुपैयाँ, वाली विज्ञान महाशाखाले १ लाख ३ हजार ३ सय २७ रुपैयाँ र अन्य व्यक्ति तथा संस्थाले १ करोड ४२ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ कोषमा आइतबार जम्मा गरेका थिए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार सरकारले कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं .१९६०००००११०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.