logo

दालको कालोबजारी गरेको आरोपमा उधोगी चाचान सहित पाँच जना पक्राउ 

      4/26/2020 गते 00 00 मा प्रकाशित     2513   पटक पढिएको

बीरगंज  १५ बैशाख ।

लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ २ उद्योगी सहित ५ जनालाइ पक्राउ गरेको छ ।

 

पक्राउ पर्ने उद्योगीहरुमा बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका  सन्चालक मोहनलाल चाचान अग्रवाल र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह रहेका छन् ।

 

उद्योगपतिद्वय चाचान र साहसंगै प्रहरीले चाचानको उद्योगमा कार्यरत कर्मचारी सुनिल शर्मा , साहको उद्योगका कर्मचारी सुरेश प्रसाद र परवानीपुर ४ लिपनीमालमा रहेको महावीर ओभरसिज प्रालिका कर्मचारी सन्तोष झालाइ पनि पक्राउ गरेको हो ।

 

दाल उद्योगका सन्चालक चाचान र पवन साहलाइ वीरगन्ज स्थित निवासबाट र कर्मचारीहरुलाइ भने उद्योगबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले उधोगहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलीले नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिज,  कृष्ण आधुनिक दाल उधोग र महावीर दाल उधोगमा अनुगमन गरेको थियो । 


अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उधोगका संचालकहरु पक्राउ परेका हुन ।

उधोगहीरुले डलरको भाउ तलमाथि भएको भन्दै आफनो बचाउको प्रयास गरेका थिए । उनीहरुको तर्क तथ्यसंगत नदेअिएपछि बिभागले कालोबजारी गरिएको ठहर गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । 


 लकडाउनको मौका छोपेर उद्योगबाट मसुरो दाल बढि मुल्यमा बिक्री गरि कालोबजारी गरेको आरोपमा दुइ दाल उद्योगका सन्चालक र ३ कर्मचारी गरि ५ जनालाइ पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

 पक्राउ परेका सबै ५ जनालाइ जिल्ला प्रहरी कार्यालय बारामा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले  बताउनुभयो । प्रहरीका अनुसार, ३ वटै उद्योगले लकडाउन भन्दा पहिले मसुरो दाल प्रति केजी ८० देखि ८५ रुपैयाको भाउमा बिक्री गरेका थिए ।

 

तर चैत ११ देखि लकडाउन शुरु भए यता दाल प्रति केजी ९४ देखि ९८ रुपैयाको भाउमा बिक्री गर्दै आएका छन् । लकडाउनमा दाल उद्योगहरुले बढस् मुल्यमा दाल बिक्री गरेको गुनासोको आधारमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको टोलीले बजार र उद्योगको अनुगमन गरेको थियो ।  लकडाउन यता ती ३ वटै उद्योगहरुबाट बजारमा बिक्री गरिएका दालको परिमाणका विषयमा पनि अनुसन्धान  भइरहेको मिश्रले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.