logo

गुणस्तरहिन चीनी परिक्षणकालागि पठाउनु अपारदर्शीकाम ,पथलैया राजस्वले टेरेन बारा प्रजिअको आदेश

      5/19/2020 गते 00 00 मा प्रकाशित     1493   पटक पढिएको

इसीमाना सम्वाददाता
६ जेठ २०७७

 खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनीको नमुना राजस्व अनुसन्धान इकार्य कार्यालय पथलैयाले खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडामा पठाएको छ ।  

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनी जलेश्वर भंसार कार्यालयले  जाँच पास गरेको थियो  ।जलेश्वर भन्सार कार्यालयले उपभोग्य मिति सकिएको आयात अयोग्य तीन ट्रक भारतीय चिनीको भन्सार जाँचपास गरेको  थियो । 

 सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी २९ फाल्गुणमा उपभोक्ता हित संरक्षण मंचको सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले पक्राउ गरेको थियो।

नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ । यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको थियो ।

 

राजस्वसंग मात्र आफनो सरोकार रहेको बताउने र प्रधानमंत्रीको प्रत्यक्ष निगरानीमा चलेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले त्यही चीनीको गुणस्तर परिक्षण गर्न पठाएर के गर्न खोजेको भन्ने प्रश्न उठेको छ । कार्यालयले जेठ ५ गतेको मितिमा चलानी नं ५५७ नम्बरको पत्र मार्फत चीनीको नमुना र बोराको तस्विर खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

 

पथलैया राजस्वका प्रमुख राजन बि.सी.ले गुणस्तर प्रमाणीकरणकालागि पठाएको स्वीकार गर्नुृ भयो । राजस्व मात्र हेर्ने कार्यालयले गुणस्तर चाही किन खोजेको होला भन्दा बि.सी.ले ब्यापारीको पनि लगानी लागेको छ त्यो ठिक बेठीक जे भएपनि टुग्याउनकालागि परिक्षण गर्न पठाइएको बताउनु भयो ।

 

त्यो आखाद्य चीनीका बिषयमा कारवाहीको माँग गर्दै उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएको छ । त्यही उजुरीका आधारमा बाराका प्रमुख जिल्ला अधिकारीले गाडी र त्यस सम्बन्धी कागजात माँग गरेको हप्ता बित्न लाग्यो तर पथलैया राजस्व अनुसन्धान कार्यालयले कुनै सुनवाई गरेको छैन ।

 

प्रमुख जिल्ला अधिकारीकोमा पठाउन बिभागका महानिर्देशकको अनुमती लिनु पर्छ बिसीले भन्नु भयो  गाडी र फाइल सबै पठाउनु पर्ने हो अहिले लकडाउनमा चालकहरु पनि नपाइएकोले पठाउन पाएको छैन ।  बि.सीले इन्द्रेका बाउ चन्द्रे आएपनि गलत हुन नदिने बताउनु भयो । तर उहाँको कार्यालयले सम्पादन गर्द गरेको कामले भने प्रश्न उब्जेको छ । 

 

चीनीसहितको ट्रक समातिने बित्तिकै  भंसार बिगका प्रवक्ता शिशिर घिमिरेले उपभोग्य मिति नै समाप्त भएको खाद्यबस्तुको आयात र जाँच पास दुबै गर्न नमिल्ने बताउनु भएको थियो  ।  


उहाँले जाँचपास घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरिने बताए पनि बिभागले त्यस बिषयमा केही नगरेको स्रोतले बताएको छ ।  

 

सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 
उपभोत्तmा हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले राजस्व अनुन्धान कार्यालय पथलैयाले मुद्धा हेर्ने अधिकारी समक्ष कागजात र गाडी नपठाएर अपारदर्शी काम गरेको बताउनु भयो ।

 

एउटा कार्यालयले गुणस्तरहिन भनेको छ त्यती मात्र होइन उपभोग्य मिति समेत नाघेको प्रमाण दिएको अवस्थामा फेरी गुणस्तर मापन गर्न खोज्नुको कारण के हो ? उपाध्यक्ष अधिकारीले भन्नु भयो यसले अपारदर्शी खेल तर्फ संकेत गर्छ उपभोक्ताको हित प्रतिकूलको यस्तो काम सहन नगरिने उहाँले चेतावनी दिनु भयो ।

 

 उपभोग्य म्याद नभएको र गुणस्तरहिन चीनी नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । तर चीनीका आयातकर्ताले पथलैया राजस्वको सहयोगमा  गुणस्तरयोग्य चीनी रहेको कागजात बनाउने अन्तिम प्रयास गर्दैछन परिणाम के आउछ त्यो भने हेर्न बाँकी छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.