logo

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रममा नारै नारा

      6/7/2020 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

प्रदेश नम्बर २ ले आईतबार महत्वकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कार्यक्रम नै कार्यक्रम रहेको छ । केही पूराना कार्यक्रमलाई निरन्तरता दिईएको छ । केही नयाँ कार्यक्रमहरु पनि ल्याएको छ ।

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र युवालाई बढी केन्द्रीत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ५० हजार युवाहरुलाई रोजागरी दिईने, अनौपचारिक क्षेत्रका मजदुर लक्षित कार्यक्रम, मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम बेटी बढाऊ बेटी बचाऊ लगायतका कार्यक्रम ल्याएको छ ।

प्रदेश नम्बर २ का १३६ वटा स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, कोभिड–१९ बाट प्रभावितहरुलाई युवा स्वरोजगार उद्यम विकास प्रदेश आयोजना बैंक स्थापना गर्ने कार्यक्रम ल्याएको छ । स्वास्थ्य नीति अनुसार जनकपुरमा ५०० शैयाको प्रादेशिक अस्तपताल, बारा र महत्तोरीमा २०० शैयाको अस्पताल निर्माण गर्ने नीति लिएको छ ।

प्रदेशका हलखोर, डोम, मुसहर र मेस्तरलाई प्रति महिना ५ हजार जिविकोपार्जनका लागि प्रदान गरिने, दलित छात्रवृत्ति र दलित रासनकार्डलाई कार्यान्वयनमा ल्याईने जनाएको छ । प्रदेश विकास बैंकको अवधारणा, आठवटै जिल्लामा घरघरमा खानेपानी पुर्याउने, पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेण्टर बनाउने, पर्सादेखि सप्तरीसम्म २५० किलो मिटर मधेसी शहिद राजमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने,

प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा प्रदेश अतिथि गृह निर्माण गर्ने, जनकपुर रेलवेसँग जोडिने सुक्खा बन्दरगाह निर्माणका लागि अध्ययन गरिने, पशुपालनबाट एक परिवार एक दिनको एकहजार आम्दानी गर्ने कार्यक्रम संचालन गरिने, बारा माछा व्यावसायलाई ब्राण्डिङ गर्ने, भूमि स्वामित्व समस्या समाधान आयोग, छात्रा शिक्षा छात्रवृत्ति र मुख्यमन्त्री स्वच्छता अभियानलाई पनि निरन्तरता दिईने भएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नारै नारा रहेकोले यसको कार्यान्वयनमा आशंका गरिएको छ । विगतमा ल्याएका कार्यक्रमहरु मध्य छोरी शिक्षा वीमा कार्यक्रम बाहेक अन्य अन्य कार्यक्रम खासै प्रभावकारी हुन सकेको छैन । यसअघिको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत धार्मिक स्थल तथा पोखरी तलाउमा सामान्य सरसफाई बाहेक प्रदेशका नागरिक तहमा सरसफाईको कार्यक्रम खासै पुग्न सकेको छैन । यसपटक ल्याईएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनमाम नै निर्भर पर्ने देखिएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.