logo

वीरगन्ज महानगरलाई पीसीआर मेशिन खरिदका लागि २७ लाख रकमको चेक प्राप्त  

      6/18/2020 गते 00 00 मा प्रकाशित     1818   पटक पढिएको

वीरगन्जका औद्योगिक घरानाहरुले कोरोना भाईरस संक्रमण परीक्षणका लागि वीरगन्ज महानगरपालिकाले खरिद गर्न लागेको पीसीआर मेशिनको लागि सहयोगको चेक बिहीबार हस्तान्तरण गरेका छन् ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई नै कोरोना मुक्त बनाएर ‘ग्रिनजोन’ मा ल्याउनका लागि परीक्षणको दायरालाई बढाउनुपर्ने आवश्यकता रहेको र त्यसको लागि पीसीआर मेशिन खरिद गर्न सहयोग आह्वान गरे अनुसार वीरगन्जका उद्योगी व्यवसायीहरुले एकमुष्ठ रुपमा ७० लाख सहयोग रकम दिने घोषणा गरेका थिए ।

सोही घोषणा अनुरुपको चेकहरु बिहीबार महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका हुन् । एरोटक प्रा.लि.ले २ लाख ५० हजार, एपेक्स फर्मासिटिक्ल्स २ लाख ५० हजार, इन्दुशंकर चिनी मिलद्वारा ५ लाख, नारायणी तेल रिफाईनरी उद्योग १० लाख, कन्साई नेरोलेक जपान प्राइभेट लिमिटेड २ लाख र चाओबिरो फिड इन्डस्ट्रिज ५ लाख गरी २७ लाखको चेक मेयर विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका छन् ।

प्राप्त चेकहरु पूर्वघोषित ७० लाख मध्यकै रकम हो । बिहीबार प्राप्त २७ लाखको चेक र महानगरपालिकाले स्थापना गरेको १ करोडको कोष सहित कोरोना कोषमा अहिलेसम्म १ करोड ९९ लाख ६७ हजार ४ सय ७३ रुपैंया रकम जम्मा भएको महानगरपालिकाका प्रशासकीय अधिकृत विकास मिश्रले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.