logo

कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकास पटेर्वा सुगौलीको प्रथामिकता,पोखरियाले बिनियोजन गर्यो ४१ करोड  

      6/25/2020 गते 00 00 मा प्रकाशित     1325   पटक पढिएको

पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्षकालागि बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक विकासलाई प्राथमिकता दिइएको छ ।

 गाउँपालिकाले बुधवार अयोजीत गाउँसभामा प्रस्ुतत गरिएको नीति तथा कार्यक्रम यस्तो प्रथामिकता तय गरिएको हो । 
गाउँपालिकाले आफूले तोकेको प्रथामिकतालाई प्राप्त गर्नकालागि ३४ करोड २८ लाख ४९ हजार ४ सय १० रुपैयाको बजेट  पेश गरेको छ  । 


गाउँपालिकाभित्र सार्वजनिक शौचालय बनाउने, सिञ्चाइको उचित व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्ने, वृक्षारोपण गर्ने, बेरोजगारी अन्त्य गर्ने लगायत प्रमुख योजनाका रुपमा अघि सारिएको गाउँपालिकाका प्रमुख हरिनारायण चौधरीले बताउनु भयो ।

 

पटेर्वा सुगौलीमा गाउँसभाले नै कुन प्राथमिकताको क्षेत्रमा कति बजेट छुट्याउने भन्ने तय गर्नेछ । गाउँपालिकाले संघीय सरकार वित्तिय समानीकरण अनुदान ९ करोड ९६ लाख, शसर्त अनुदान १३ करोड २५ लाख, समपुरक अनुदान ८० लाख, राजश्व बाँडबाट ६ करोड ६५ लाख ७२ हजार ४ सय १० रुपैयाँ आउने अनुमान गरेको छ ।

 

त्यस्तै प्रदेश सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान ६९ लाख ५६ हजार, शर्सत अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, सवारी साधन कर बाँडफाँड ३९ लाख २१ हजार प्राप्त हुने गाउँपालिकाको आय विवरणमा उल्लेख छ ।

 

गाउँपालिकाको आन्तरिक आम्दानी तथा अन्य आय १ करोड ५० लाख हुने अनुमान लगाएको छ । यसैगरि पोखरिया नगरपालिकाको आर्थिक बर्ष २०७७ ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।  ४१ करोड ७१ लाख ४५ हजार ४ सय बराबरको बजेट नगर सभामा  प्रस्तुत गरिएको हो ।

नगर प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा भएको सभामा उप प्रमुख सलमा खातुनले अगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

 प्रस्तुत गरेको बजेट अनुसार व्यय तर्फ अनुमानित चालु खर्च २६ करोड ४२ लाख ८५ हजार ४ सय ८० रहेको वताइन ।

यस्तै पुजींगत खर्च तर्फ रु १४ करोड ७८ लाख ६० हजार रहेको छ । जसमा प्रदेशको सर्शत ८० लाख, प्रदेश समानीकरण ७१ लाख ८ हजार, विकास तर्फ समानिकरण संघको ११ करोड ४९ लाख , संघिय सम्पूरक अनुदान ८८ लाख, सवारी साधन कर ४० लाख ५२ हजार, बिशेष अनुदान ३ लाख सम्पूरक अनुदान २ लाख रहेको जानकारी गराइन ।

उप प्रमुख खातुनले राजश्व तथा आन्तरिक आय रु ५० लाख, नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान अन्तर्गत रु ११ करोड ४९ लाख, सर्शत अनुदान १९ करोड ३२ लाख, संघिय सम्पूरक अनुदान रु ८८ लाख, राजश्व बांडफाडबाट प्राप्त ७ करोड १० लाख ८५ हजार ४ सय ८०, प्रदेश सरकारबाट प्राप्त हुने वितिय समानिकरण अनुदान रु ७१ लाख ८ हजार, सर्शत अनुदान रु ८० लाख, बिशेष अनुदान रु ३० लाख, सम्पूरक अनुदान २० लाख गरी नगरपालिकाको कुल आय ४१ करोड ७१ लाख ४५ हजार ४ सय रहेको प्रस्तुत गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.