logo

बिगतका प्रतिवेदन थन्किए,यस वर्ष पनि सम्भाव्यता अध्ययनकानाममा ३ करोड बिनियोजन

      7/17/2020 गते 00 00 मा प्रकाशित     1043   पटक पढिएको

प्रदेश २ सरकारले आर्थिक ०७७ /०७८ मा  १६ वटा  परियोजनाको सम्भावब्यता अध्ययनकालागि ३ करोड २ लाख रुपैया बिनियोजन गरेको छ ।

 

यस्ता योजनाहरुको सम्भाव्यता अध्धयननका नाममा यो रकम केही मान्छेलाई उपलब्ध गराउने परियोजनाको रुपमा बिज्ञहरुले बुझेका छन । प्रदेश नम्बर २ सरकारले धेरै जसो योजनाहरु आफनो कार्यकर्ताहरुलाई पोस्नको लागि बनाउने गरेको उनीहरुको टिप्पणी छ  ।  

 

गत आर्थिक वर्षमा पनि  सरकारले विभिन्न सम्भाव्यता अध्ययनमा नै करोडौ रुपैया खर्च गर्ने गरेको छ । तर यसको उपयोगिता भने देखिएको छैन । आर्थिक वर्ष २०७५।०७६मा समेत करोडौ रकम सम्भव्यता अध्यनमा नै सिध्याइएको थियो । सम्भाब्यता अध्ययनका नाममा कर्मचारी र मंत्री समेतले मोटो रकम पाउने भएकोले यस्ता परियोजनाले हरेक आर्थिक वर्षमा प्राथमिकतामा पाउछन ।


आर्थिक वर्ष २०७५।०७६मा प्रदेश नम्बर २को भौतिक पुर्वाधार विकास मन्त्रालयले १५८ र यातायात पुर्वाधार निर्देशनालयले २७ यस्ता परियोजनाको समभाव्यता अध्ययन गरेर प्रतिवेदन तयार पारेबावत परामर्शदातालाई ११ करोड ७५ लाख ९९ हजार भुक्तानी दिएको थियो ।  

 

आर्थिक वर्ष २०७७।०७८को लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले फोहर व्यवस्थापनको सम्भव्यता अध्ययन तथा अनुसन्धानको लागि १० लाख रुपैया विनियोजन गरेको छ ।

 

त्यसैगरि प्रदेश २ अन्र्तगत पर्यटकीय क्षेत्रहरुको सम्भाव्यता अध्ययन तथा गुरुयोजनाको लागि ३० लाख,मुखिया पटिट मुसरनिया गाउपालिकामा रहेको होचो भुभागको पर्यटकीय सम्भावना अध्ययनको लागि ५ लाख,प्रदेशमा रहेको पर्यटकीय परिपथ पदमार्गको सम्भाव्यता अध्ययनको लागि २लाख योजना गरेको छ ।

 

त्यसैगरि बारा जिल्ला निजगढ सम्म जाने फाष्टटयाक वरिपरि मनोरंजन वगैचा अध्ययनको लागि ३० लाख,प्रदेशको जनकपुर तथा विरगन्ज प्लाटेसन अध्ययनको लागि ६० लाख ,सिमरौनगढ बाराको गुरुयोजनाको अध्ययनको लागि ३० लाख,सम्भावित औद्योगिक करिडोर अध्ययनको लागि २० लाख रुपैया विनियोजन गरिएको छ । त्यसैगरि समाजिक विकास मन्त्रालयले समेत यस्तो योजनाहरुलाई बढि प्राथमिकतामा देखिएको छ । यस्तो योजनामा मन्त्रीहरुलाई कमिसन खान सहज हुने गरिएको कारणले यस्तो योजनाहरुलाई बढि प्राथमिकतामा दिने गरिएको छ ।


समाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७ । ०७८को लागि प्रादेशिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनको लागि २० लाख,कृषि तथा वन विज्ञान अध्ययन संस्थान स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि २० लाख,प्रदेश संग्रहालय स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि १० लाख,प्रादेशिक अस्पताल जनकपुरमा जनकपुरधाम स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययनको लागि २५लाख ,प्रादेशिक आयुर्वेद तथा वैकल्पीक चिकित्सा अनुसन्धान केन्द्र स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि १० लाख,प्रदेश टमा सेन्टर स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि १० लाख,सरुवारोग अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि १० लाख,विरगन्ज विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि १० लाख रुपैयाको योजना विनियोजन गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.