logo

२ करोड ६० लाख बराबरको केराउ भण्डार गरिएको गोदाम प्रहरीद्वारा शिल 

      9/30/2020 गते 00 00 मा प्रकाशित     992   पटक पढिएको

२ करोड ६० लाख बराबरको केराउ भण्डारण गरिएको एउटा गोदामनै प्रहरीले कब्जामा लिएको छ । भारतसंग सीमा जोडिएको बीरगंजको इनर्वा गाउँमा रहेको गोदाम प्रहरीले नियन्त्रणमा लिएको हो ।

 


प्रदेश २  प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त गस्ती टोलीले  भण्डारण गरिएको केराउ नियन्त्रणमा लिएर आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने डीआइजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

 


भारत निकासीकालागि सहज हुने भएको सीमावर्ती क्षेत्रमा केराउ भण्डारण गरिएको प्रहरीको बुझाई छ । ललितपुर निवासी बेदान्त जंग राणा संचालक रहेको बाराको परवानीपुर गाउपालिका वडा नम्बर ३ लिपनीमालमा स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्ग प्रालिले बीरगन्ज महानगरको वडा नम्बर १६ इनर्वा बोर्डर नजिक अवैध रूपमा केराउ भण्डारण गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

 

मंगलवार राती केराउ लोड गरिएको ट्रयाक्टरको प्रहरीले पिछा गरेको थियो ।  ट्रयाक्टरको पिछा गर्दै जादा प्रहरी केराउ भण्डारण गर्ने गोदाममा पुगेको हो । गोदामलाई प्रहरीले शिल गरेको छ । प्रहरीले ना ६.त ८७१० नम्बरको ट्याक्टर  सहित एक ब्यक्तिलाई पनि नियनत्रणमा लिएको छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.