logo

म्याद नाघेका अखाद्य बस्तु बजार पठाउने खेलमा बिशाल ग्रुपको संलग्नता, कारवाही कमजोर बनाउन चलखेल शुरु

      10/5/2020 गते 00 00 मा प्रकाशित     942   पटक पढिएको

म्याद नाघेका स्निकर्स र बोर्नभिटा जस्ता सामग्री बजारमा पठाउनेका बिशाल ग्रुपको संलग्नता देखिएको छ । म्याद गुज्रेको अखाद्य बस्तुमा रिलेभलिङ गरेर बजार पठाउने तयारीमा पक्राउ परेको आयान डिस्ट्रिब्युटर्ससँग आफ्नो कुनै सम्बन्ध नरहेको व्यापारिक समुह विशाल ग्रुपले  बिज्ञप्ति जारी गरेर जनाएको थियो । तर तथ्यहरुले बिशाल ग्रुप र  र प्रिज्मा एड एजेन्सीको दाबी झुटो भएको प्रमाणित गरेको छ। आयान डिस्ट्रिब्युटर्ससँग व्यापारिक समुह विशाल ग्रुप सम्बन्ध रहेको छ । 

तर वाणिज्य विभागको उपलब्ध रेकर्ड तथा पक्राउ परेका संचालक पुष्पा अग्रवाल र व्यवस्थापक रौनक बोथ्राको कनेक्सन हेर्दा आयानसँग विशाल ग्रुपसँग सम्बन्ध रहेको पाइएको छ।

पक्राउ परेका व्यवस्थापक पदमा कार्यरत भारतीय नागरिक रौनक बोथ्रा विशाल गुप्रको युनाइटेड डिष्ट्रिब्युटरका बिजनेस डेभलपमेन्ट म्यानेजर भएको खुल्न आएको छ। त्यसो त बोथ्रा आफैंले लिंकडेन नामक सोसियल साइटमा आफु युनाईटेड डिष्ट्रिब्युटरका बिजनेस डेभलपमेन्ट म्यानेजर भएको उल्लेख गरेका छन्। विशाल ग्रुपका निर्देशक अनुज अग्रवाल युनाइटेडका अध्यक्ष हुन् भने विवेक अग्रवाल म्यानेजिङ डाइरेक्टर हुन्।

यसबाट म्याद नाघेका स्निकर्स, प्रिंगल्स र बर्नभिटा जस्ता सामग्री बजार पठाउनेहरु विशाल ग्रुपको लगानी रहेको युनाईटेड डिष्ट्रिब्युटरको लोकल वितरण आयान डिष्ट्रिब्युटरका संचालक तथा कर्मचारी भएको देखिन्छ।

विभागले अनुसन्धानको आधारमा आयानका ब्यबस्थापक रोनक बोथरालाई म्याद थप गरी ५ दिनको लागि थुनामा पठाएको छ भने मुख्य संचालक रहेकी पुष्पादेवी अग्रवाललाई १ करोड बराबरको १ वर्ष अवधिको बैंक ग्यारेन्टी धरौटी वापत जमानत लिई साधारण तारेखमा रिहा गरेको छ।

पक्राउ परेका अन्य ६ जना साधारण तारेखमा रिहा भएका छन् । उनीहरु गोदाम भित्रको काम र ढुवानीमा संलग्न रहेको विभागले जनाएको छ । तारेखमा छाडिएका सबैलाई असोज २० गते थप सोधपुछको लागि विभागमा बोलाईएको छ ।

विभागले गत बिहिबार अनुगमनको क्रममा म्याद सकिएर र्फिता भएका चलकेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तुहरुमा नयाँ म्याद राख्ने गरेको भेटेपछि त्यस कार्यमा संलग्नलाई पक्राउ गरेको थियो । विभागले म्याद सकिएका खाद्य वस्तुको पुन नयाँ म्याद राख्दै गरेको अवस्थमा छापा मारेर मेसिन सहित संलग्नलाई रंगेहात प्रक्राउ गरेको थियो।

जनस्वास्थ्यमा खेलवाड गरि म्याद नाघेका अखाद्य बस्तु बजार पठाउनेलाई जिल्ला प्रशासन कार्यलय मातहत राखेर कारबाही गर्नुपर्नेमा विभागलाई जिम्मेवारी दिएर मुद्दा कम्जोर बनाउन खोजिएको आरोप लागेको छ। उनीहरुलाई कालोबजारी तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानअनुसार कारबाही हुनुपर्नेमा उपभोक्ता संरक्षण ऐन २०७५ को आधारमा कारबाही गर्ने तयारी गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.