logo

बैदेशकि रोजगारीबाट फर्किएका युवाले शुरु गरेर उद्यमशिलता ,ठोरी आधुनिकता तर्फ लम्कियो

      10/14/2020 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

    ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरमा आजबाट बेकरी ब्यवसाय संचालनमा आएको छ ।  ठोरी गाउँपालिका वडा नं. ३ रामनगरका एक युवाले १५ लाखको लगानीमा ठोरीकै सुवर्णपुरमा बेकरी ब्यवसाय सुरु गरेका हुन ।

 


बैदेशीक रोजगारीकोलागि दुवई पुगेका ठोरी रामनगरका राम खडकाले यो ब्यवसाय शुरु गर्नु भएको हो । बैदेशीक रोजगारीमा गएका नेपाली युवाले सीप सिकेर नेपालमै आएर यस्तो उद्यम गर्ने भने नेपालको बिसका हुन धेरै समय नलाग्ने बिज्ञहरुले बताउदै आएका छन ।


पर्सा जिल्लाको सदरमुकाबाट सबै भन्दा टाढा रहेको ठोरीमा युवाहरुले उद्यमशिलताको प्रवाह गर्नाले आत्मनिर्भरता तर्फको अभियानले बल पाउने स्थानीयको भनाई छ । 

   ४ बर्ष दुबई बसेर आएका रामनगरका राम खड्काले स्वदेशमै बसेर आफ्नै गाउँ ठाउमै लगानी गरेर ब्यवसाय गर्दा अत्यन्तै गर्व लागेको बताउनु भयो ।  

 

आफ्नै गाउँमा बसेर ब्यवसाय गर्न युवाहरु प्रेरित हुनुपर्छ  भन्ने सन्देश समेत दिएको उहाँको ब्यवसायले ठोरीमा रहेका युवाहरूलाई अन्त्यन्त सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । 


बिदेशमा सिकेको सीप र आर्जन गरेको लगानीले आफनै ठाउमा ब्यवसाय गरेर आँट प्रर्दशन गरेको  स्थानीय राजनीतिक अगुवा जरी लामाले बताउनु भयो । 


खडकको  स्वरोजगार बन्ने प्रयासलाई सबैले प्रशंसा गरेका छन ।  सकारात्मक सोच राखेर अघि बढिरहेका युवाहरूलाई आफुले संधै सहयोग र हौसला दिइरहने रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठले बताउनु भयो । 
बद ठोरी बेकरी क्याफेमा जन्मदिनका लागि केक, पिज्जा, बर्गर, कफी, बिस्कुट, पाउरोटी पाउनुका साथै अन्य खाजा नास्ता को समेत राम्रो प्रबन्ध रहेको संचालक खड्काले बताउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.