logo

काठमाडौंको दरबारमार्गमा खुल्यो ‘भेन्चुरिनी’ ब्रान्डको शो–रुम, एक वर्षभित्रै देशका १० शहरमा ,चर्चित कलाकारले गरे उद्घाटन

      11/14/2020 गते 00 00 मा प्रकाशित     889   पटक पढिएको

अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।

काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको छ। कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन्।

एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो। उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताउनु भयो । 

दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुपमा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग ९झोला० उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताउनु भयो ।

‘फुटबेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्, थापाले भन्नु भयो “सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ 

नवसमृद्धि इन्टरप्राइजेजका निर्देशक सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पुर्‍याइने छ। एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भननुभयो , ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्षभित्र विस्तार गरिने छ।’

इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताउनु भयो ।

‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यान दिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भन्नु भयो । 

कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्री वितरण गरिने उहाँले बताउनु भयो । 

कलाकारहरूले के भने ?

भेन्चुरिनीको शो–रुम उद्घाटन गर्दै कलाकार ऋचा शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राखिन्। 

विश्वव्यापीकरणको प्रभाव स्वरुप अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभ हुने शर्माको धारणा छ।

‘म ब्रान्डप्रति त्यति कन्सियस छैन, जुन राम्रो र सजिलो लाग्छ, त्यही प्रयोग गर्छु,’ शर्माले भन्नुभयो, ‘हामीले गुणस्तरमा ध्यान दिनुपर्छ, भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई ध्यान दिएकाले नेपाली उपभोक्ताले लाभ लिन सक्ने मैले पाएकी छु।’

मोडल तथा अभिनेत्री नीति शाहले अन्तर्राष्ट्रिय बजारका उत्कृष्ट उत्पादनहरूलाई नेपालमा आउँदा उपभोक्ता लाभान्वित हुने धारणा राखनु भयो । 

त्यसैगरी, अभिनेत्री एलिजा गौतम र फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त मालाकारले भेन्चुरिनी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय ब्रान्ड रहेकाले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमको संयोजन नेक्स्ट मोडल नेपालले गरेको हो। नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनी ब्रान्ड नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गर्नु भयो ।

‘फेन्चाइज रुपमा नेपाल भित्रिएको भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेकाले उपभोक्ताले अधिक लाभ लिन सक्नेमा विश्वस्त हुन सकिन्छ,’ धमलाले भन्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.