logo

पहिलो चौमासीकमा यातायातको राजस्व संकलन ११ करोडले घट्यो, सरकारी नीतिकाकारण राजस्व प्रभावित

      12/9/2020 गते 00 00 मा प्रकाशित     953   पटक पढिएको

प्रदेश सरकारको मातहत आएपछि बीरगंजमा रहेको यातायात ब्यवस्था कार्यालयको राजस्व संकलन हरेक वर्ष ओरालो लाग्दो छ ।

 

सवारीको सरुवा जादा लिइने शुल्क महगो भएपछि राजस्व संकलन प्रभावित भएको कार्यालय स्रोतको भनाई छ । संघीयताको अभ्याससंगै महत्वपूर्ण कार्यालयहरु प्रदेश सरकारमातहत आएका छन ।

 

तर प्रदेश सरकारको मातहत आएका सरकारी कार्यालयहरुले दिने सेवा प्रभावकारी नभएको गुनासो पनि बढेको छ । प्रदेश सरकारका मंत्रालयहरुको प्रभावकारी संचालन नभएकोले यस्तो समस्या आएको कर्मचारीको भनाई छ । 

 


यातायात ब्यवस्था कार्यालयमा राजस्व संकलनमा  ओरालो लाग्नुको कारण पनि यही रहेको उनीहरुको भनाई छ । कार्यालयले यो आवमा संकलित राजस्व गत वर्षको ११ करोड २५ लाख १३ हजार राजस्व कमी छ ।  

 

गतवर्ष  पहिलो चौमासिकमा कुल ४५ करोड ४२ लाख ९८ हजार राजस्व संकलन गरेको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा भने कुल ३४ करोड १७ लाख ८५ हजार मात्र राजस्व संकलन भएको छ । 

 

पछिल्लो वर्षहरुको तुलनामा यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पर्साको राजस्व संकलन र नयाँ सवारी दर्तामा कमी भएको पाइएको छ । प्रदेश सरकारको केही नीतिगत कमजोरीका कारण राजस्व संकलन र नयाँ सवारी दर्तामा कमी भएको कर्मचारीको भनाई छ  ।


साविकको नारायणी यातायात व्यवस्था कार्यालय हालको यातायात व्यवस्था कार्यालय सवारी वीरगन्जमा नयाँ सवारी दर्ता हुने क्रम नै घेको  यातायात व्यवस्था कार्यालय सवारी वीरगन्ज पर्साका प्रमुख कुसेश्वर साह बताउनु भयो ।

वीरगन्जमा दर्ता भई अन्यत्र सरुवा जाने सवारीमा प्रदेश २ सरकारले अतिरिक्त शुल्क निर्धारण गरेपछि यहाँ नयाँ सवारी दर्ता संख्या कमि आएको छ । 


मुलुकको पछिल्लो संरचना अनुसार प्रदेश २ सरकार मातहत रहेको यो कार्यालयबाट सरुवा जाने सवारीमाथि अतिरिक्त शुल्क लगाइएको छ । त्यसैले अधिकाँशले त्यो अतिरिक्त लाग्ने शुल्क यहाँ तिर्नुको साटो आफ्नै प्रदेशमा नयाँ सवारी दर्ता गर्न थाल्दा यहाँ नयाँ दर्ता संख्यामा पनि गिरावट आएको साहको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.