logo

नेपाल उधोग वाणिज्य महासंघका पदाधिकारीलाई बीरगंजमा भब्य सम्मान

      12/22/2020 गते 00 00 मा प्रकाशित     901   पटक पढिएको

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक समारोह आयोजना गरि निजी क्षेत्रका छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

 

वीउवासङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको स्वागत  कार्यक्रममा नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यत्रय, अरुणराज सुमार्गी, डी.बी. बस्नेत तथा विजय साह समेतको उपस्थिति रहेको थियो ।


नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका साझा समस्याहरुलाई सम्बोधन गर्ने दिशामा हिजोभन्दा अझ बढी प्रभावकारी ढङ्गले अघि बढ्ने बताउँदै महासङ्घलाई नयाँ तवरबाट परिभाषित गर्ने उद्देश्य अनुरुप हामी नेतृत्वमा आए लगतै प्रत्येक दिन २ बजे महासङ्घका अध्यक्ष तथा पदाधिकारीहरु नियमित रुपले महासङ्घमा आफ्नो सेवा प्रवाह गर्ने गरि व्यवस्था मिलाइएको बताउनु भएको थियो । 


वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले स्वागत मन्तव्यको क्रममा देशका सामु विद्यमान आर्थिक, उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्तीय संस्था, कर, राजस्व तथा निजी क्षेत्रसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने आर्थिक मुद्दाहरुको चाङ्ग नै छ ।

 

र त्यो थाती रहेको मुद्दाहरुमा हामी मोफसलका उद्यमी, व्यवसायीहरुका स्थानीय समस्या र सरोकार पनि त्यहिं कतै कुनै फाइलमा धुलो खाएर बसिरहेको भन्दै असन्तुष्टि जनाउनु भयो । 


सोही कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगञ्ज महानगरपालिकाले उधोगीहरुकोलागि विशेष योजना ल्याएको बताउनुहुँदै महानगरपालिकाको तर्पmबाट मेयर सरावगीले नेउवामहासङ्घका पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुलाई खादा तथा पुष्पगुच्छाले सम्मान गर्नुभयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.