logo

एनआइसी एशिया बैंकले ऋणीलाई असाध्यै दुःख दिएको भन्दै सबैभन्दा धेरै उजुरी

      1/8/2021 गते 00 00 मा प्रकाशित     987   पटक पढिएको

एनआइसी आएशिया र प्राइम बैंकले  ऋण प्रवाहको मापदण्ड बिपरित ऋण लगानी गरेर बचतकर्ताको रकम डुवाउन लागेको भन्दै सरोकारवाला निकायले गम्भिर आरोप लगाएका छन ।

 

राष्ट्र बैंकले दिएको निर्देशन बिपरितको काम गरेर आफना बचतकर्ताको रकमलाई जोखिम पारेका छन । राष्ट्र बैंकको निर्देश बिपरित काम गरेर अन्य बैंक जस्ले निर्देशन पालान गरेका छन तिनलाई समेत अप्ठयारोमा पारेर जोखिम सृजना गरेपछि दुबै बैंक बिरुद्ध बिभिन्न निकायमा उजुरी परेका छन । 

 

दुबै बैंकलाई , नियमविपरित सञ्चालकलाई ऋण दिएको ।, कर सम्बन्धी कागजात पूरा नगरेको , ऋण–स्वपूँजी अनुपातसम्बन्धी राष्ट्र बैंकको निर्देशनको पालना नगरेको , दोहोरो वासलात भएका कम्पनीलाई पनि ऋण दिएको , व्यक्तिगत कर्जा प्रवाह गर्दा पालना गर्नुपर्ने नियमको पालना नगरेको , कर्जा सूचना केन्द्रसँग सम्बन्धी नियमहरु पालना नगरेको  र  जथाभावी सेवा शूल्क लिएको लगायतका आरोप लगाइएको छ । 

राष्ट्र बैंकका अधिकारीहरुले बैंकले दुख दिएका ग्राहकले सीधै राष्ट्र बैंकमा र अर्थ मन्त्रालय लगायतमा गुनासो गरेको बताएका छन् ।

 

बैंकहरु व्यवसाय बढाउने अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका कारण यस प्रकारको गुनासो पनि बढ्न थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘राष्ट्र बैंकको नीति निर्देशन लत्याउँदै कर्जा प्रवाह गरेको भन्दै गुनासोहरु आएका छन्, हामी छानविन गरिरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘हाम्रो छानविनमा उजुरीमा उल्लेख गरिएको कुरा पाइएको खण्डमा कानूनअनुसार कारबाही गर्छौं ।’

 

एनआइसी एशिया बैंकले ऋणीलाई असाध्यै दुःख दिएको भन्दै सबैभन्दा धेरै उजुरी परेको ती अधिकारीले बताए ।एनआइसी एशियाले दुःख दिएको भन्दै ऋणीहरुले  थापाथलीस्थित बैंकको मूख्य कार्यालय घेराउन गर्न पुगेका थिए ।बैंकबाट पीडितहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।

यसरी बैंकविरुद्ध ऋणीहरु आन्दोलनमा उत्रिनु भनेको राष्ट्र बैंकको निरिहताले हो । राष्ट्र बैंक बलियो थियो भने ऋणीहरु यसरी आन्दोलनमा उत्रिनुपर्ने अवस्था नै आउने थिएन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.