logo

अर्किड्स मोटो कर्प प्रा.लिले सेवा सुविधा बापतको २८ लाख रुपैया नदिएको बरिष्ठ ब्यवस्थापक कर्णको अरोप

      1/25/2021 गते 00 00 मा प्रकाशित     783   पटक पढिएको

हुण्डाई गाडीको अधिकृत बिक्रेता अर्किड्स मोटो कर्प प्रा.लि वीरगंज र स्नेहा मोटो कर्प प्रा.लि चन्द्रनिगाहपुरका बरिष्ठ ब्यवस्थापक  धिरज कर्णले कम्पनीले आफूले खाइपाई आएको सेवा सुविधा नदिएको आरोप लगाउनु भएको छ । 


उहाँले मरी मरी काम गरेको ७ महिनाको तलव र आवास भाडाको रकम रोकेको गुनासो गर्नु भएको हो । बीरगंजका पत्रकारहरुसंग कुरा गर्दै कर्णले कम्पनीले बिना कारण आफूलाई हटाएपनि सेवा सुविधाको रकम नदिएर आफूलाई अन्याय गरेको बताउनु भयो ।

 

उहाँले  कम्पनीले गाडी बिक्रि वापत ग्राहक संग व्याज उठाउन  नसकेको आरोप लगाएर कामबाट हटाएको बताउनुभयो । कर्णले कामबाट हटाए पश्चात कम्पनीबाट आफुले पाउनुपर्ने वक्यौता तलब र अन्य सुबिधा सहित साढे सोह्र लाख नदिएको बताउनु भयो ।

 

कर्णले आफुले पाउनुपर्ने पारिश्रमिक ,तलब सुबिधा ,ईन्सेन्टीभ नदिई कम्पनीले नियमबिपरित हटाएको आरोप लगाउनुभयो । उहाँले आफुले पाउनुपर्ने तलब तथा अन्य सेवा सुबिधा सहित थप छ महिना बराबरको तलब सुबिधा हर्जाना उपलब्ध गराउन माँग गर्नुभयो ।

 

कर्णले कम्पनीले शर्त अनुसारको तलब ,घरभाडा र ईन्सेन्टीभको रकम रोकेर आफुलाई अन्याय गरेको  दुखेसो पोख्नुभयो । उहाँले आफु डाइरेक्टर मुकेश साह संग हिसाब किताब बारे छलफल गर्दा कपनीका जेनरल म्यानेजर रामेश्वर घिमेरेले व्याजको पैसा उठाएर आफनो तलब लिनुस भनी अपमान गरेको समेत बताउनुभयो ।

 

यसैगरी कर्णले कम्पनीका स्पेयर पार्टमा कार्यरत कर्मचारी मुन्ना कुमार कानु र सर्भिसमा कार्यरत मुन्नीलाल साहको पनि तलब सुबिधा ,ईन्सेन्टीभ तथा बिमाको रकम गरी करिब १२ लाख कम्पनीले रोकेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.