logo

सात लाख नेपाली रुपैया सहित दुई भारतीय नागरिक पक्राउ प्रहरी अनुसन्धान गर्दै

      2/26/2021 गते 00 00 मा प्रकाशित     671   पटक पढिएको

पर्साको बीरगन्जबाट स्रोत नखुलेको ७ लाख रुपैँयासहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरुको बारेमा अनुसन्धान गरिरहेको  प्रहरी प्रवक्ता  ओम प्रकाश खनालले जानकारी दिनु भयो ।  
 
प्रहरीले वीरगंज महानगरपालिकाको वडा नं.१६ रजतजयन्ती चोकस्थितबाट चेक जाँच गर्ने क्रममा भारतको पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.२५ बस्ने बर्ष ४० को संजय कुमार गुप्ता र सोही ठाउँका बर्ष ३७ को बिनोद कुमारलाई पक्राउ गरेको हो ।
 
भारतको रक्सौलबाट बीआर ०५ एडी ६८६९ नम्बरको मोटरसाइकल चढेर बीरगन्जतर्फ आउँदै गरेको समयमा रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।
 
पक्राउ परेका दुबै जनालाई  वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा शुक्रबार पर्सा जिल्ला अदालतको आदेशले ५  दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक  खनालले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’को बीरगंज लाकार्पण,

वीरगञ्ज । कवि विप्लव प्रतीकद्वारा लिखित ‘शाडेनफ्रोएडा’ नामक कृतिको “वीरगञ्ज लोकार्पण”सामेवार बीरगंजमा गरिएको छ । पाठशाला नेपाल र ज्ञानदा एकेडेमीको संयुक्त आयोजनामा लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.