logo

पथलैया राजस्व कार्यालय चीनीको चस्नीमा डुब्यो , तीन ट्रक चीनी खानयोग्य बनाउने प्रयास फेरी पनि असफल

      3/25/2021 गते 00 00 मा प्रकाशित     777   पटक पढिएको


प्रधानमंत्रीको प्रत्यक्ष निर्देशनमा चल्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाले अखाद्य प्रमाणीत चिनी खान योग्य बनाउनलागि अर्को पटक गरेको परिक्षण पनि असफल भएको छ । 


राजस्व हिनामिना भएको हेर्ने यो अड्डाले अखाद्य चिनी खान योग्य बनाएर  ( गुणस्तरीय) चीनीको चास्नीमा डुब्ने प्रयास भने जारी नै राखेको भएपनि असफल भएको हो ।

 

 गत जेठमा  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका प्रमुख मतिना बैद्यको सहयोगमा परिक्षण गुणस्तरीय बनाएपनि चिनी बजार सम्म जान पाएको थिएन । उपभोक्ता हित संरक्षण मंचको खवरदारीले राजस्वका तत्कालीन प्रमुख राजन बि.सी र बैद्यको योजना असफल भएको थियो । अहिले राजस्व कार्यालय पथलैयाले त्यही चिनी पून परिक्षणकोलागि  फाल्गुण ११ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय  जनकपुरमा दुई बोरा चिनी नमुनाको रुपमा पठाएको थियो ।

 

कार्यालयले परिक्षण पश्चात २३ गते पठाएको प्रतिवेदनमा दुई बोार चिनी मध्य एउटा खान योग्य नरहेको र अर्को ब्याच तथा प्याकीङ मिति नभएको भन्दै गुणस्तरीय नरहेको उल्लेख छ । एउटै चिनी राजस्व कार्यालय पथलैया किन पटक पटक परिक्षण गारउदै छ भन्ने कुरा  गम्भिर प्रश्न बनेर आएको छ । 

 

 सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी २०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च.न.७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी प्रतिवेदन दिएको थियो । 

 

 यसअघि पनि खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनीको नमुना राजस्व अनुसन्धान इकाइ  कार्यालय पथलैयाले खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडामा पठाएको थियो ।


राजस्व मात्र हेर्ने कार्यालयले बस्तुको गुणस्तरीयताको मापनमा  न्वारनदेखीको बल निकालेरै लाग्यो । चिनीको चास्नीले अहिलेका कार्यालय प्रमुखलाई त्यो बल दिएको चर्चा चल्न थालेको छ । खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडाले भने शुरु कार्यालयले गरेको परिक्षण ठिक भन्दै थप परिक्षण गर्न मानेको थिएन ।

 

हेटौडाले नमाने पछि बि.सीले चिनी काठमाण्डौ पठाउनु भएको थियो  । काठमाण्डौमा चीनीको चास्नीको प्रभाव देखा पर्यो र बिभागका महानिर्देशक मतिना बैद्यको निर्देशनमा आयात तथा उपभोग्य अयोग्य चीनी गुणस्तरीय प्रमाणित भएर आयो ।

 

उपभोग्य म्याद समाप्त भएको बस्तु नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहे पनि तत्कालीन महानिर्देशक बैद्यको निर्देशनमा 
२०७७ बैशाख १७ गते विभाग को च.न.२५५५ र अर्को परिक्षण गरि २०७७ जेठ १४ गतेका दिन च.न.२५८० र २५८१ को प्रतिवेदन जारी गरि चीनी  खान योग्य भनि प्रमाणिकरण गरेको थियो । 


२०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च।न।७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी जारीको प्रतिवेदनको ठिक उल्टो हुने गरि चीनी गुणस्तरीय भएको प्रतिवेदन दिन चीनीको चास्नी बाहेक अरु कुन बिधिले काम गर्न सक्छ र ? भन्ने प्रश्न त्यतिवेला उठेको थियो। 

 
राजस्वसंग मात्र आफनो सरोकार रहेको बताउने र प्रधानमंत्रीको प्रत्यक्ष निगरानीमा चलेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले फेरी पनि त्यही चीनीको गुणस्तर परिक्षण गर्न पठाएर के गर्न खोजेको भन्ने प्रश्न उठेको छ । 


सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 
उपभोक्ता हित हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले राजस्व अनुन्धान कार्यालय पथलैयाले मुद्धा हेर्ने अधिकारी समक्ष कागजात र गाडी नपठाएर अपारदर्शी काम गरेको बताउनु भयो ।

 
एउटा कार्यालयले गुणस्तरहिन भनेको छ त्यती मात्र होइन उपभोग्य मिति समेत नाघेको प्रमाण दिएको अवस्थामा फेरी गुणस्तर मापन किन गरिएको हो ?  उपभोक्ता हित हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले प्रश्न गर्नु भएको छ ।   यसले अपारदर्शी खेल तर्फ संकेत गर्छ उपभोक्ताको हित प्रतिकूलको यस्तो काम सहन नगरिने उहाँले चेतावनी दिनु भयो ।

 

यो पनि पढनुहोस

प्रधानमंत्रीको नाकैमुनी चीनीको चास्नीमा कर्मचारी पौडिदै,सम्पूर्ण सिस्टम कोल्याप्स,भरोसा लायक कोही रहनेन

http://esimana.com/detail/3017/परधनमतरक-नकमनक-चनक-चसनम-करमचर-पडदसमपरण-ससटम-कलयपसभरस-लयक-कह-रहनन

 

जलेश्वर भन्सार बाट भित्रिएको ७२ टन अखाद्य चिनी बारे भन्सार बिभाग किन बोल्दैन ?

http://esimana.com/detail/2532/जलशवर-भनसर-बट-भतरएक-७२-टन-अखदय-चन-बर-भनसर-बभग-कन-बलदन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.