logo

सामाजिक सुरक्षाकोष बिरुद्ध बीरगंजमा प्रर्दशन ,जर्वजस्ती गरिए आन्दोलन कडा पार्ने चेतावनी

      7/5/2021 गते ००: ०० मा प्रकाशित     653   पटक पढिएको

सामाजिक सुरक्षा कोषकाविरुद्ध वीरगंजमा वाणिज्य बैंकका कर्मचारीहरुले प्रदर्शन गरेका छन्। कोषमा आफूहरुलाई जबरजस्ती आबद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती गर्ने खोजिएको भन्दै उनीहरु बिरोधमा उत्रिएका हुन । उनीहरुले कोषमा आवद्ध हुन नसकिने पाचवटा कारण सार्वजनीक गरेका छन । 

 


कोषको कार्यविधि एवं नियमावलीमा बित्तिय संस्थाका कर्मचारीहरुले दिएको सुझाव समावेश नगरिएकोले आफूहरु बिरोधमा उत्रिएको इन्भेष्टमेन्ट बैंकका शाखा प्रवन्धक अमितेश यादवले बताउनु भयो । 

बीरगंजको पुरानोब बसपार्कमा भेला भएका बैंककर्मीले नाराबाजी समेत गरेका थिए । उनीहरुले जबर्जस्ती कोषमा दर्ता नगरिदिन माग गरेका छन ।  

 

कर्मचारीको अनुमतिबिना दर्ता गर्न पाइदैन र जर्वजस्ती भए आन्दोलन कडा पार्ने उनीहरुले चेतावनी दिएका छन । बैंकर एसोशिएशन बीरगंजका अध्यक्ष नितेश खडगीको नेतृत्वमा भएको कार्यक्रममा बिभेदकारी प्रावधान सहितको समाजिक सुरक्षा कोष लागू नगर्न नारावाजी गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.