logo

महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि

      1/17/2018 गते 00 00 मा प्रकाशित     5306   पटक पढिएको

बीरगंज ३ माघ
महिलाहरुको अधिकार सुरक्षीत गर्ने बिषयमा नेपालको सम्बिधान र कानून दक्षीण एशियामै सबैभन्दा अग्रस्थानमा रहेको बिज्ञहरुको भनाई छ ।

महिलाहरुको बिषयमा नेपालमा जे सम्बैधानिक ब्यवस्था छ त्यो कम भयो भनेर पछुताउनु पर्ने अवस्था नरहेको बिज्ञहरुको ठोकुवा छ ।

नेपालको सम्बिधानको कार्यान्वयनकोलागि महिला बिरुद्धको हिंसा निवारण र महिलाको बिशेष अवसर सम्बन्धी कानूनी मस्यौदाका बिषयमा बीरगंजमा आयोजना गरिएको छलफलमा बिज्ञहरुले यस्तो बताएका हुन । छलफल बीरगंजको होटेल कुमु प्यालेसमा सम्पन्न भएको हो । 


बिज्ञहरुले लैङ्गि हिंसा नियन्त्रणकालागि कानूनको पर्याप्तता रहेको चर्चा गर्दै त्यसको कार्यान्वयनमा भने ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।


    पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपालको सम्बिधानको घारा ३८ को ३ र ५ मा महिला सम्बन्धी अधिकारको प्रत्याभूतीका निम्ति छलफल भएको हो ।


सम्बिधानको घारा ३८ को ३ अन्र्तगत महिला बिरुद्ध हुने हिंसालाई कस्तो दण्डनीय बनाउने र क्षतीपूर्ती दिने बिषयमा कस्तो कानूनी ब्यवस्था बनाउने भन्ने बिषयमा छलफल भएको थियो । बिषयबिज्ञका रुपमा अधिवक्ता सविन श्रेष्ठले सहभागिलाई मुलुकमा बिद्यमान कानूनी अवस्थाको बारेमा प्रकाश पारेका थिए । 


    त्यसैगरि सम्बिधानको धारा ३८ को ५ अन्र्तगत शिक्षा स्वास्थ्य र रोजगारमा महिलाहरुको ३३ प्रतिशत सभागिताको र सामाजिक सुरक्षाक सुनिश्चितता सन्दर्भमा कस्तो कानून मस्यौदा गर्ने भन्ने बिषयमा छलफल भएको थियो ।

नेपाल ल क्याम्पसका उपप्राध्यापक अधिवक्ता बिष्णु बस्यालले मस्यौदाको बिषयमा प्रकाश पारेकी थिइन ।


    कार्यक्रममा अधिवक्ता रामेश्वर सेढाई,के दर्शना झा,अभय दास,नेपाल बार एशोसिएशन पर्साका अध्यक्ष अधिवक्ता रामाशिष यादव, सावित्री कुमारी भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.