logo

मालपोत बाराका सहायक प्रमुख चौधरी कालोमोसो दलियो

      1/25/2017 गते 00 00 मा प्रकाशित     1089   पटक पढिएको

कलैया, १२ माघ । कलैया मालपोत कार्यालय बाराका सहायक प्रमुख सुमन चौधरीलाई अज्ञात समूहले आज कालोमोसो दलेको छ । कार्यालयमा काम गरिरहेकै अवस्थामा आज अनुहार छोपेर आएको एक समूहले कालो मोसो दलेका हुन् ।

कालोमोसो दल्नेहरुले निजगढ, डुमरवाना र सिमराका सुकुम्बासीहरु भएको र निजहरुले चौधरीलाई जग्गा भूमाफियाहरुको नाममा पास गराउन सघाएको आरोपमा कालोमोसो दलिएको भनि उल्लेख गरिएका पर्चा फालेर गएको बारा प्रहरीले जनाएको छ ।

यसैबीच कर्मचारीलाई कालोमोसो दलेको विरोधमा मालपोत कार्यालय बाराका कर्मचारीहरुले आज दिउंसोबाट कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यालयको कामकाज ठप्प भएपछि मालपोत कार्यालय बारा पुगेका सेवाग्राहीहरु प्रभावित भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.