logo

उठाएको रकमबाट आधा र बुलेटको प्रलोभनमा एसपीले व्यापारीलाई २ दिनसम्म क्वार्टरमा थुनेको खुलासा

      1/31/2017 गते 00 00 मा प्रकाशित     1063   पटक पढिएको

 

वीरगन्ज– वारा कलैयाका खाद्यान्न व्यापारी तौफिक अन्सारीलाई पर्साका एसपी गोविन्द कुमार साहले गैरन्यायिक तरिकाले २ दिनसम्म क्वार्टरमा थुनेको प्रकरण उजागर भएपछि प्रहरी मूख्यालयबाट छानबिन थालिएको छ । यता एसपी साहले मंगलबार आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा सोमबार प्रकाशित समाचारको खण्डन गरेपनि सञ्चारकर्मीको प्रश्नको जवाफ दिन सकेनन् । पत्रकार सम्मेलन उनका लागि घाँडो सावित भएको थियो । भारतीय व्यापारीको उधारो रकम उठाएवापत आधा रकम र एउटा बुलेट मोटरसाइकल लिने सहमतिमा एसपी साहले ललितपुरको पाटनबाट तौफिकलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।

 

बुलेट लिने उद्देश्यले केही दिन अगाडि एसपी साह एक जना इन्सपेक्टरलाई साथमा लिएर परवानीपुर नजिकैको दुगडको सोरुममा समेत पुगेका थिए । फोन डिटेल्स ट्रेस गरि पर्सा क्राइमका असई प्रमोद साह सहित २ जनाको टोलीले तौफिकलाई सोमबार राति वीरगन्ज लिएर आएका थिए । क्वार्टरबाटै तौफिकले विभिन्न व्यापारीलाई फोन गरी १३ लाख रुपैयाँ मगाएका थिए । थप पैसा उठाउनका लागि व्यापारीकोमा जानु पर्ने तौफिकले बताएपछि एसपीले एकजना घुमुवा प्रहरीलाई उनको पछाडि लगाई छाडेका थिए ।

 

एसपीले तौफिकलाई थुनुवा कोठामा नराखि आफ्नै निवासमा २ दिनसम्म राखेर पैसाको बन्दोवस्त गर्न दबाब दिएका थिए । भारतीय कारोबारीको आग्रहमा वीरगन्ज स्थित महावाणिज्य दुतावास कार्यालयबाट लिखित निवेदन आएकाले तौफिकलाई नियन्त्रणमा लिइएको एसपी गोविन्द कुमार साहले बताए । एसपी साहले तौफिकलाई एकदिन मात्र क्वार्टरमा राखेको बताएपनि तौफिकले प्रयोग गर्दै आएको एनसेलको मोबाइलको कल वाइज विवरणको आधारमा २ दिनसम्म उनको लोकेशन पानीट्यांकीको टावर देखाइरहेको छ । एसपी निवास पनि अहिले टावर नजिकै छ । ठगि देखिएपछि तौफक माथि ठगि मुद्दामा थुनामा राखेर अनुसन्धान किन अगाडि नबढाएको प्रश्नमा एसपी साह मौन बसे । उनले भने, ‘पैसा तिर्छु भनेका छन्, उनीहरु मिलुन्, प्रहरीलाई के मतलब ।’ गैरन्यायिक नियन्त्रणमा राखेर प्रहरीले कानुनको उपहास गरेको कानुनविद्धले बताएका छन् । पछिल्लो केही वर्षयता प्रहरीले लेनदेनका मुद्दा अदालत पठाइदिने गरेको थियो ।


‘यस्ता मुद्दामा आर्थिक अनियमितता उजागर भएपछि सिधै अदालत पठाउने गरेका थियौ“,’ एक प्रहरी अधिकृतले भने । तौफिकले विहारको जहानाबाद, माधोपुर र मसौरीबाट करिब ५० लाख रुपैया“ बराबरको खाद्यान्न खरिद गरि ल्याएको जनाए ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.