logo

एडीबीको योजनामा व्यापक अनियमितता

वीरगन्जवासीले गरे विरोध

      1/31/2017 गते 00 00 मा प्रकाशित     1244   पटक पढिएको

 

वीरगन्ज-विगत लामो समयदेखिको डुबान र ढल निकासको समस्या समाधानका लागि वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनामा ठेकेदारले मापदण्ड विपरित पूर्वाधार निर्माण गरेपछि स्थानीयले विरोध गरेका छन् । ठेक्का सम्झौतामा उल्लेख भएको मापदण्ड भन्दा बाहिर गएर ठेकेदारले नाला ढलान गर्दा स्थानीयले विरोध गरेका हुन् । ढल निकासका लागि निर्माण भइरहेको अन्डरग्राउन्ड नाला ढलान गर्ने क्रममा ठेकेदार कम्पनीले निर्धारित मापदण्ड पालना नगरेपछि वीरगन्ज उपमहानगरपालिका–१५ स्थित ओम शान्ति टोल सुधार समितिले मंगलबार विहान निर्माण कार्य रोकेका छन् । ढलानका लागि ३/१ को मसला बनाउनु पर्नेमा ७/१ को मसला बनाएको पाइएपछि निर्माण कार्य रोकेको समितिका अध्यक्ष लाल बहादुर महतोले बताए ।

 

‘पूर्वाधार निर्माण बलियो नभएपछि भविष्यमा हामीले नै दुःख पाउँछौ,’ उनले भने, ‘ठेकेदार त यहाँ बस्ने हैन् ।’ करिब ३ अर्ब रुपैयाँको लागतमा सञ्चालित योजनाको कुल लागतमध्ये ८४ प्रतिशत एसियाली विकास बैंक र बाँकी नगर विकास कोष, उपमहानगरपालिकाले व्यहोरेको छ । ‘सम्झौतामा ढलानका लागि मसला बनाउँदा १ बोरा सिमेन्ट, १ बोरा गिट्टी र २ बोरा बालुवा मिसाउनुपर्ने उल्लेख छ,’ अध्यक्ष महतोले भने, ‘तर, ठेकेदारले ४ बोरा गिट्टी, ३ बोरा बालुवा र १ बोरा सिमेन्ट मिसाएका छन् ।’ मंगलबार विहान निर्माण कार्य अवरुद्ध भएपछि योजनाका इन्जिनियर सुवास मिश्राले निर्माण रोकेर मसला परिक्षणका लागि लिएर गएका थिए । ३ दिन अगाडि पनि सोही क्षेत्रमा बालुवामा अत्यधिक रुपमा माटो मिसिएको फेला परेको स्थानीय जोगिन्दर साहले बताए ।

‘विरोध गरेपछि त्यो बालुवा प्रयोगमा ल्याएनन्,’ उनले भने, ‘मसलाको गुणस्तर कसैले थाहा नपाउन भनेर ढलानको कार्य रातको समयमा गर्छन् ।’ निर्माण कार्यमा अनियमितताको आशंका बढेपछि टोलवासीले नाला खन्ने काम राति र ढलानको कार्य दिनमा गर्न ठेकेदारलाई आग्रह गरेका थिए । ‘विहान ढलानका लागि मसला बनाउने क्रममा रंगेहात पक्राउ परे,’ स्थानीय रामपुकार कुशवाहाले भने, ‘एक सातादेखि निगरानीमा थियौँ ।’ अन्डर ग्राउन्ड नाला ढलान गरेपछि प्रयाप्त पानी नै नपटाई ठेकेदारले माटो पुरिदिने गरेका छन् । ‘यसरी ढलान बलियो हुँदैन्,’ एक निर्माण व्यवसायीले भने, ‘निर्धारित समय अगावै भत्किन सक्छ ।’ ढल निकासका लागि नाला निर्माणको ठेक्का लिएको कालिका कन्सट्रक्सनले सहरको भित्री भागमा अधिकांश निर्मँण कार्य साना ठेकेदारलाई दिएको छ ।

 

विरोध भएको क्षेत्रमा नाला निर्माणको ठेक्का पाएका महोतरीका अजय यादवले मसला निर्माणमा अनियमितता नभएको दाबी गरे । कहिलेकाही कामदारले नजानेर गल्ती गर्न सक्ने उनले जिकिर गरे । ‘एकैपटक दोहोरो मसला बनाउँदा स्थानीयले आशंका गरेका हुन्,’ उनले भने, ‘नाला भत्किए हामी फेरि निर्माण गरिदिन्छौँ ।’ कालिका कन्सट्रक्सनका प्रोजेक्ट म्यानेजर ठाकुर ढकालका अनुसार एकाध ठाउँमा आँखा छलेर बदमाशी गरेका हुन्सक्छन् । ‘गुणस्तर कायम राख्न कडा निगरानी काम राखेका छौ,’ उनले भने । वर्षातको पानी र घरबाट निस्किने फोहोर पानी सहज निकासका लागि सहरको पूर्व र पश्चिममा रहेका सिर्सिया र सिँघा नदीसम्म पु¥याउन अन्डरग्राउन्ड नाला निर्माण भइरहेका छन् ।

साभार

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.