logo

गाविस सचिवले दोश्रो दिन पनि कामकाज ठप्प पारे

      2/3/2017 गते 00 00 मा प्रकाशित     1185   पटक पढिएको

 

वीरगञ्ज, २१ माघ । प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलनमा रहेका पर्साका गाविस सचिवहरुले शुक्रबार दोश्रो दिन पनि कामकाज ठप्प पारेका छन् । भत्ता नपाएको भन्दै गाविस सचिवले शुक्रबार जिल्ला विकास समितीमा पुगी योजना अधिकृत अमित गिरीलाई लेटर प्याड तथा गाविस कार्यलयको चावी बुझाएका छन् ।

 

माग पूरा गर्न दिएको समयभित्र सरकारले वास्ता नगरेकाले आफुहरु कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएको गाविस हकहित संरक्षण केन्द्र पर्साका कार्यबाहक अध्यक्ष अनिल मेहताले बताए । साथै केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सामा समेत ज्ञापनपत्र बुझाएका छन् । अर्थ मन्त्रालयले रोकेको प्रोत्साहन भत्ता तत्काल पाउनुपर्ने, गाउँपालिका–नगरपालिका पुनसंरचान गर्दा कर्मचारी व्यवस्थापनमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवा बन्द गर्न नहुने स्थानीय निकायको चुनाव हुनुपर्ने लगायतका पाँचबुँदे माग केन्द्रले अघि सारेको छ । गाविससचिवहरुले काम बन्द गरेपछि ग्रामिण भेगका सेवाग्राहीलाई समस्या भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.