logo

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको निर्णय

      2/12/2017 गते 00 00 मा प्रकाशित     1004   पटक पढिएको


सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको बढुवा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख सम्बन्धी निर्णय गर्न मन्त्रीपरिषदको आज बिहान आकस्मिक रुपमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा चन्दको टुंगो लगाएको गृह मन्त्रालयको स्रातेले जनाएको हो । चन्द २५ औँ प्रहरी महानिरीक्षक हुन । गृह मन्त्रालयको उच्च श्रोतका अनुसार आइतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले चन्दलाई तत्काल महानिरीक्षक नबनाउन अन्तरिम आदेश दिनसक्ने भएपछि १० बजे पहिल्यै मन्त्रीपरिषदको बैठक बसेर टुंगो लगाएको हो ।
४ बजे बैठक बस्ने तय भएपनि मन्त्रीपरिषदको बैठक आकस्मिक रुपमा बिहान ९ बजे नै बसेर न लागेको गृह मन्त्रालयको स्रातेले जनाएको छ  ।


प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधीबिच यसविषयमा हिजै छलफल भएको थियो । सरकारले तेश्रो बरियतामा रहेका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन लागेपछि त्यो विधि विपपरित हुने भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए । आइतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले यसबारे अन्तरिम आदेशको डरले बिहानै मन्त्रीपरिषद बैठक डाकिएको श्रोतको दाबी छ ।


नेपाल प्रहरीमा चारजना प्रहरी नायव महानिरीक्षक दाबेदार रहेपनि पहिलो बरियतामा रहेका नवराज सिलवाल र दोश्रो बरियतामा रहेका प्रकाश अर्याललाई छोडेर तेश्रो बरियताका चन्दलाई महानिरीक्षक बनाएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.