logo

नेपाल भारतको सम्बन्धको बारेमा राजनैतिक ढंगले मात्रै सोच्नु हुँदैन ः वक्ता

      2/12/2017 गते 00 00 मा प्रकाशित     1027   पटक पढिएको

वीरगञ्ज, १ फागुन ः नेपाल भारतको सम्बन्ध भुगोल, संस्कृति, धर्म, भाषाको सम्बन्धसँग जोडिएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । जागृति नेपालद्वारा आइतबार वीरगञ्जमा नेपाल–भारत सम्बन्धको विषयमा आयोजित दुईदिने विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले नेपाल भारतको सम्बन्धको बारेमा राजनैतिक ढंगले मात्रै सोच्न नहुने बताए । उनले दुई देशको पौराणिक तथा ऐतिहासिक सम्बन्धलाई जोगाएर राख्नु पर्ने कुरामा जोड दिँदै नेपाल भारतको सम्बन्ध अन्य देशको सम्बन्धसँग तुलना गर्न नमिल्ने बताए ।

 

कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाल भारतको सम्बन्ध बनावटी सम्बन्ध नभई दुई देशका जनताले बनाएको सम्बन्ध भएको हुँदा दिल्ली दरवार र सिंहदरवारले यो सम्बन्धलाई विगार्न नसक्ने चेतावनी दिए । कार्यक्रममा माओवादी सचिवालय सदस्य प्रभु साहले नेपाल भारतका जनता बीच रहेको आत्मीय सम्बन्धलाई कसैले पर्खाल खडा गरेर रोक्न नसक्ने बताए । उनले नेपाल भारत बीच भएका सम्झौता अन्तरगत गण्डक नहरको पानी, हुलाकी राजमार्ग, उर्जामा लगानी लगायतका विषयमा भारतले ध्यान दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय सांसद संजय जैसवालले भारतको सम्बन्ध मधेससँग मात्र नभई पहाडसँग पनि प्रगाढ रहेको बताउदै एकलाई पिडा हुँदा अर्कोलाई दुख्ने सम्बन्ध दुई देश बीच रहेको जानकारी दिए ।

 

उनले नेपालको सम्बृद्धिका लागि भारतले जलविद्युत र पर्यटनमा लगानी गर्नु पर्ने कुरा समेत बताए । कार्यक्रममा भारतीय राजदुत रन्जीत रेले नेपालमा राजनीतिक स्थिरता र सम्बृद्धिका लागि भारत सदैव सहयोग गर्न तत्पर रहेको बताउदै राजनीति स्थायित्वबाट मात्रै दुई देशको सम्बन्ध प्रगाढ बन्ने कुरामा जोड दिए । जागृति नेपालका अध्यक्ष विजयकान्त झाको सभापतित्वमा शुरु भएको कार्यक्रममा सांसद लालबाबु गद्दी, पूर्वभारतीय राजदुत लोकराज बराल, एम.के.चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.