logo

स्थापनाको २० औं वर्षगाँठको अवसरमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ हुने

      2/14/2017 गते 00 00 मा प्रकाशित     1015   पटक पढिएको

३ फागुन,२०७३ काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ आयोजना गर्ने भएको छ । हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ ।

 

अवार्ड वितरणका विषयमा नेपालकै सबैभन्दा पुरानो फोटो स्टुडियो फोटो कन्र्सन र एनएफपीजेबीच मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता भएको छ । अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा फोटो कन्र्सन रहने भएको छ । सो अवार्ड कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक विधामा पुरस्कृत गरिने बताइएको छ । अवार्ड कार्यक्रमा ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’बाट एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ । सो पुरस्कारको राशी ५० हजार नगद, ट्रफी र सम्मानपत्र रहने अवार्ड कार्यक्रमका संयोजक तथा एनएफपीजेका सचिव प्रदिपराज वन्तले जानकारी दिए ।

 

सो कार्यक्रममा वर्षको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड, टुरिजम एण्ड कल्चल फोटो पत्रकारिता अवार्ड, स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेल्ली लाईफ फोटो पत्रकारिता अवार्ड, एड्भेन्चर फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड र आर्थिक फोटो पत्रकारिता अवार्डबाट एक÷एक जना फोटो पत्रकारलाई सम्मानित गरिने बताइएको छ । यसरी सम्मानित हुने फोटो पत्रकारलाई जनही २५/२५ हजार नगद पुरस्कार,  सम्मान पत्र र ट्रफी प्रदान गरिने संयोजक वन्तले जानकारी दिए ।

 

पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईनलगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ । आवेदन फारम फागुन ९ गतेदेखि ३० गतेसम्म खुल्ला हुने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.